सन्दिप लामिछाने सम्पर्क विहिन भए…
वि.सं.२०७९ भदौ २९ बुधवार
26K
shares
shares
काठमाडौं । बलात्कारको आरोप लागेका नेपाली क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछाने सम्पर्क विहिन भएका छन्।
देश बाहिर छँदा नै नेपालमा जाहेरी परेपछि उनले आफू निर्दोष रहेको र छिट्टै नेपाल आएर कानुनी लडाईं लड्ने बताएका थिए।
तर, छिट्टै नेपाल आउँछु भनेका सन्दीप अझै नेपाल आएका छैनन।
सन्दीप नेपाल नफर्केपछि प्रहरी अहिले उनलाई विमानस्थलमा कुरेरै बसेको छ। प्रहरीले हालसम्म उनी कहाँ कस्तो अवस्थामा छन् भन्नेबारे कुनै जानकारी नभएको बताएको छ।
यस्तै नेपाल क्रिकेट संघले पनि नेपाल आउछु भनेपछि त्यसपछि सम्पर्क नभएको जनाएको छ।
Subscribe
0 Comments
Oldest






























