आज नेपाल र पाकिस्तानबीच खेल, कस्ले मार्ला बाजी?

13.6K
shares
Nabil bank

काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घको आयोजनामा आज नेपाल र पाकिस्तानबीच अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने उक्त खेल आज साँझ ५ बजेदेखि सुरुआत हुनेछ ।

 

पाकिस्तानविरुद्धको खेलसँगै दशरथ रङ्गशालामा नेपालको लागि यो ५० औँ खेल हुनेछ । पाकिस्तान फिफाको निलम्बनबाट फुकुवा भएपछि पहिलो अन्तर्राष्ट्रिय खेल खेल्न नेपाल आएको हो ।

पाकिस्तानविरुद्धको खेल खेल्नुअघि राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक प्रवेश कटुवालले पाकिस्तानविरुद्धको खेलमा जित निकाल्ने उद्देश्यका साथ मैदानमा उत्रने बताए । उनले नेपाल र पाकिस्तान भिड्दा हालसम्म पाकिस्तानले सात खेल जितेको र नेपालले पाँच खेल जितेको बताए । मुख्य प्रशिक्षक कटुवालले छोटो समयको बाबजुद राम्रो टिम बनाएको बताउँदै राष्ट्रिय टोलीका केही खेलाडी विदेशमा भएपनि नेपालमा नै रहेका खेलाडीबाट बलियो टिम बनाएको बताए ।

नेपाल र पाकिस्तानबीच हालसम्म १६ खेलमा प्रतिस्पर्धा भएको छ । नेपालले पछिल्लो पटक पाकिस्तानसँग सन् २०१८ मा खेलेको थियो । साफ च्याम्पियनसिपअन्तर्गत ढाकामा भएको खेलमा नेपाल २-१ ले पराजित भएको थियो ।

यसैगरी राष्ट्रिय टोलीका कप्तान रोहित चन्दले पाकिस्तान कठिन प्रतिद्वन्द्वी भए तापनि आफ्नो टोलीले जित निकाल्ने विश्वास व्यक्त गरे । पाकिस्तानका कप्तान हसन बसिरले नेपालसँगको खेलका लागि सकारात्मक रहेको भन्दै आफ्नो टोलीले राम्रो खेल प्रदर्शन गर्ने बताए ।

पाकिस्तानका प्रशिक्षक सहजाद अनवारले पछिल्लो समय खराब समयबाट गुज्रिरहे पनि राम्रो सुरुवात गर्ने योजनाका साथ अघि बढिरहेको बताएका छन् । उनले थपे, ‘ दुई महिनादेखि हामीले तयारी गरिरहेका छौं । अहिले हामीसँग नयाँ टोली छ, केही खेलाडी स्थानीय रुपमै खेल्छन्। केही खेलाडी विदेशी लिग खेलिरहेका छन् ।’

डेनमार्कमा खेलिरहेका पाकिस्तानी टोलीका कप्तान हसन बसिरले नेपालविरुद्ध खेल्न आफू सधै उत्साहित हुने बताएका छन् । ‘नेपालविरुद्ध हाम्रो नतिजा राम्रो रहँदै आएको छ,’ उनले नेपालसँगका पुरानो दिन स्मरण गर्दै भने,‘मैले नेपालविरुद्ध यहाँ खेलिसकेको छु । दर्शकहरुको उपस्थितिमा खेल्दा सधै उत्साहित हुन्छु ।’

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x