सेनेगललाई २-० गोलले हराउँदै नेदरल्यान्ड्सको विजयी सुरुआत

12K
shares
Nabil bank

कतारमा जारी फिफा विश्वकप फुटबलमा नेदरल्यान्ड्सले विजयी सुरुआत गरेको छ ।

 

दोहास्थित अल थुमामा स्टेडियममा सोमबार राति भएको खेलमा सेनेगललाई २-० गोल अन्तरले हराउँदै नेदरल्यान्ड्सले सुखद सुरुआत गरेको हो ।

 

नेदरल्यान्ड्सलाई जित दिलाउन कोडी गाक्पो र डाभी क्लासेनले एक एक गोल गरेका थिए ।

 

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा नेदरल्यान्ड्सले दुवै गोल गरेको थियो ।

 

खेलको ८४ औँ मिनेटमा गाक्पोले फ्रान्की डी जोङको पासमा हेडमार्फत उत्कृष्ट गोल गर्दै नेदरल्यान्ड्सलाई अग्रता दिलाएका थिए भने, खेलको इन्जुरी समयमा क्लासेनले गोल गर्दै नेदरल्यान्ड्सलाई २-० को जित दिलाए ।

 

यो जितसँगै नेदरल्यान्ड्सले पहिलो खेलमै ३ अङ्क जोडेको छ ।

 

समूह ‘ए’ मा रहेको नेदरल्यान्ड्स दोस्रो स्थानमा रहेको छ ।

 

हारबाट विश्वकपको सुरुआत गरेको सेनेगल तेस्रो स्थानमा रहेको छ ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x