विश्वकपमा पोर्चुगलले घानालाो ३_२ ले पराजित गर्दै सुखद सुरुआत

15.7K
shares
Nabil bank

काठमाडौं । घानालाई ३–२ गोलको नतिजामा पराजित गर्दै पोर्चुगलले कतारमा जारी फिफा विश्वकप अन्तर्गत समूह ‘एच’को दोस्रो खेलमा सुखद सुरुआत गरेको छ ।

स्टेडिएम नाइन सेभन फोरमा सम्पन्न खेलमा पोर्चुगललाई जित दिलाउन कप्तान क्रिस्टियानो रोनाल्डोले कीर्तिमानी गोल गले । रोनाल्डो पाँच विश्वकपमा गोलगर्ने पहिलो खेलाडी बने ।

 

 

 

रोनाल्डो बाहेक पोर्चुुगलको जितमा जाओ फ्लेक्स र राफेल लिओले गोल गरे ।

पहिलो हाफ गालरहित बराबरी सकिएको खेलको ६५औं मिनेटमा रोनाल्डोले गोल गर्दै पोर्चुगललाई सुरुआती अग्रता दिलाएका थिए ।

घानाका डिफेन्डर मोहमद सलिसुले रोनाल्डोलाई बक्सको बाँयातर्फ फाउल गरेपछि पोर्चुगलले पेनाल्टी पाएको थियो । उक्त पेनाल्टीलाई सदुपयोग गर्दै रोनाल्डोले गोल गरेका हुन् । यो रोनाल्डोको विश्वकपमा आठौं गोल हो ।

 

घानाका आन्द्रे एइयूले ७३औं मिनेटमा पोर्चुगलविरुद्ध बराबरी गोल फर्काएका थिए ।

खेलको ७८औं मिनेटमा पोर्चुगलका जावोले गोल गर्दै पोर्चुगललाई अग्रता दिलाएका थिए ।

त्यसको दुई मिनेट नबित्दै राफेलले गोल गर्दै पोर्चुगललाई ३–१ को स्थितिमा ल्याए ।

घानाका ओस्मान बुकारीले ८९औं मिनेटमा घानाका लागि दोस्रो गोल गरेपनि जितका लागि पर्याप्त बन्न सकेन ।

पोर्चुगल र घाना यसअघि सन् २०१४ को विश्वकपको समूह चरणमा एक पटक मात्रै भेट भएका छन् । उक्त खेलमा पोर्चुगलले घानालाई २–१गोेलको नतिजामा हराएको थियो ।

घाना सन् २०१० को विश्वकपमा क्वार्टरफाइनलसम्म पुगेको छ ।

जितसँगै पोर्चुगलले समूह‘एच’ मा तीन अंक जोडेको छ ।

यसअघि समूह‘एच’ को पहिलो खेलमा उरुग्वे र दक्षिण कोरियाले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् । घानाले समूह चरण अन्तर्गत दोस्रो खेलमा सोेमबार दक्षिण कोरियासँग प्रतिस्पर्धा गर्नेछ भने । पोर्चुगलले मंलबार उरुग्वेसँग खेल्नेछ ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x