एल क्लासिकाे भिडन्त : म्याड्रिड र बार्सिलोना भिड्दै

16K
shares
Nabil bank

एजेन्सी : बहु प्रतिष्ठित खेलको रुपमा हेरिएको दुई ठूला स्पेनिस महारथी क्लब रियल म्याड्रिड र बार्सिलोनाबीच खेेल आज हुदैैछ ।

नेपाली समयअनुसार आज राति यी दुई टोलीबीचको खेल १२:४५ बजे सुरु हुनेछ । खेल रियलको घरेलु मैदान अल्फ्रेडो डि स्टेफेनोमा हुनेछ ।

 

यी दुई टोलीबीच खेल निकै रोमाञ्चक हुने गर्दछ । खेल फिफा विश्वकपको फाइनल खेल पछि सर्वाधिक धेरैले हेरिने गरेको पाइन्छ । हाल कोरोना महामारीको कारणले दर्शक विना रंगशालामा खेल हुनेछ ।

 

आज हुने खेलमा दुवै टोली एक अर्कोविरुद्ध जित निकाल्ने लक्ष्यसाथ मैदान उत्रिनेछन् । जारी सिजन उपाधि होडमा रहेका दुवै टोलले आजको खेल निकै महत्त्वपूर्ण रहेको छ । कुल २९ खेलबाट ६३ अङ्क जोड्दै रियल लिगको तेस्रो स्थानमा छ ।

समान खेलबाट ६५ अङ्क जोडेको बार्सिलोना दोस्रो र ६६ अङ्क जोडेको एथ्लेटिको म्याड्रिड शिर्ष स्थानमा रहेको छ ।

 

आजको खेलमा घरेलु टोली रियलले आफ्नो मुख्य केही खेलाडीहरु बिना मैदान उत्रदै छ । एल क्लासिको इतिहासमै सर्वाधिक ४३ खेल खेलका रियलका कप्तान सर्जियो रामोस,  इडेन हजार्ड, राफेल भरान र डानी कार्भाहाल मैदान बहिर रहँदा रियल थप दबाबमा रहेकाे छ ।

यता पाहुना टोली बार्सिलोनाका मुख्य डिफेन्स चोटको कारण मैदान बाहिर रहेका जेरार्ड पिके टोलीमा फर्किएका छन् ।

 

पछिल्लो ५ खेलमा हेर्ने हो भने दुवै टोलिले समान २/२ खेल जितेका छन् । भने १ खेल गोलरहित बराबरीमा सकिएको छ । जसमा दुवै टोलीले समान ५/५ गोल गरेका थिए । पछिल्लो २ भेटमा हेर्न हो ।भने रियल निकै बलियो रहेको छ । जसमा ला लिगा अन्तर्गत पहिलो लेगमा रियलले बार्सिलोलाई उसैको मैदानमा ३-१ गोलले स्तब्ध पारेको थियो ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x