आइपिएल: काेलकताद्वारा सनराइज हैदरावाद पराजित
वि.सं.२०७७ चैत ३० सोमवार
14.8K
shares
shares
एजेन्सी । आइएपीएलको तेस्रो खेलमा कलकता नाइट राइडर्सले सनराइज हैदरावादलाई पराजित गर्दै विजयी सुरुवात गरेकाे छ । आइतबार राति सम्पन्न खेलमा कलकता नाइट राइडर्सले सनराइज हैदरावादलाई १० रनले पराजित गरेको हो ।
कोलकाताको तर्फबाट नितिश राना र राहुल त्रिपाठीले अर्धशतकीय पारी खेले । ५६ बलको सामना गरेका रानाले नौं चौका र चार छक्का प्रहार गरे भने त्रिपाठीले मात्र २९ बल खेल्दै पाँच चौका र दुई छक्का प्रहार गरे ।
पहिले ब्याटिङ गरेको कोलकताले २० ओभरमा ६ विकेट गुमाउँदै १८७ रन बनायो ।
जवाफमा ब्याटिङ गरेको हैदरावादले २० ओभरमा ५ विकेट गुमाएर मात्र १७७ रन बनाउन सक्यो । हैदराबादका रशिद खान र मोहम्मद नाबीले ४-४ ओभर बलिङ गर्दै समान २-२ विकेट लिए ।
Subscribe
0 Comments
Oldest
































