अन्तराष्ट्रिय ट्राइ सिरिजका लागि १५ सदस्यीय टोली घोषणा

12.4K
shares
Nabil bank

नेपाल क्रिकेट संघले बैशाख ४ देखि ११ सम्म हुने नेपाल, मलेशिया र नेदरल्याण्ड्स सम्मिलित ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रिय ट्राइ सिरिजका लागि १५ सदस्यीय टोली घोषणा गरेको छ । खेल त्रिवि मैदानमा हुनेछ ।

 

तिब्र गतिका बलर सोमपाल कामी र ओपनर आशिफ शेखले नेपालको लागि पुनरागमन गर्ने अवसर पाएका छन् , भने शाहब आलमले पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएका छन् ।

 

ढाँडको समस्याका कारण सोमपाल नेपालमा डिसेम्बर, २०१९ मा भएको दक्षिण एसियाली खेलकुद देखि नै टिममा छैनन्, भने यस क्रममा उनले आईसिसि क्रिकेट बिश्वकप लिग टुर थाइल्याण्डको क्वालिफायर पनि छुट्टाए

 

त्यस्तै आसिफले करिब चार बर्ष पछि टोलीमा स्थान बनाउन सफल भएका छन् । उनले पछिल्लो पटक नेपालको लागि सन् २०१७ मा बंगलादेशमा आयोजना भएको इमर्जिङ टिम्स कपमा खेलेका थिए ।

 

आगामी शनिबारबाट सुरु हुने शृंखलाको उद्घाटन खेलमा घरेलु टोली नेपालले नेदरल्यान्ड्सको सामना गर्नेछ । समुह चरणमा सबै टोलीले एक अर्कासँग २-२ खेल खेल्ने छन् र शिर्ष दुई स्थान हात पार्ने टोलीले उपाधिका लागि बैशाख ११ मा भिड्ने छन् ।

 

नेपाली टोली :- ज्ञानेन्द्र मल्ल (कप्तान), पारस खड्का, दिपेन्द्र सिँह ऐरि, सन्दिप लामिछाने, बिनोद भण्डारी, सोमपाल कामी, करण केसी, अविनाश बोहोरा, आरिफ शेख, आशिफ शेख, शाहब आलम, कमल सिँह ऐरि, कुशल मल्ल, सुशन भारी श्रेष्ठ, कुशल भुर्तेल

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x