त्रिभुवन विमानस्थलमा यात्रु ठग्ने ९ पसललाई १५ लाख जरिवाना
त्रिभुवन विमानस्थलका ९ वटा पसललाई उपभोक्ता ठगीको आरोपमा १५ लाख रुपैयाँ जरिवाना
वि.सं.२०७९ फागुन ४ बिहीवार
shares
Photo By: sf7df8f}F, !# dªl;/M
/f]huf/Ldf nflu ljb]z lxF8] g]kfnL
j}b]lzs /f]huf/Ldf hfg lqe'jg cGt//fli6«o ljdfg:yndf k'u]sf g]kfnL lkl;cf/ l/kf]6{ b]vfpg nfda4 eP/ nfOgdf a:b} . ljZje/ km}lnPsf] sf]/f]gf efO/;sf sf/0f ofq'n] sf]/f]gf g]u]l6e l/kf]6{ b]vfPkl5 dfq xjfO{ ofqf ug{ kfpF5g . tl:a/ M k|bLk/fh jGt÷/f;;
काठमाडौँ । त्रिभुवन विमानस्थलका ९ वटा पसललाई उपभोक्ता ठगीको आरोपमा १५ लाख रुपैयाँ जरिवाना गरेको छ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले त्रिभुवन विमानस्थलका पसलहरूको अनुगमन गरेको थियो। सो क्रममा उपभोक्ता खुद्रा मूल्यभन्दा बढी रकम असुलेको आरोपमा १५ लाख जरिवाना गरेको विभागका महानिर्देशक महेश भट्टराईले बताएका छन्।
उनका अनुसार कारबाहीमा परेका पसलहरूमा अन्तर्राष्ट्रिय टर्मिनलतर्फ एयरपोर्ट टी कफी एन्ड कन्फेक्सनरी सप, कार्की मल्टिपल ट्रेड एन्ड सप्लायर्स, एबिपी मार्ट प्रालि र ओम नवदुर्गा इन्टरप्राइजेज प्रालि रहेका छन्।
त्यसै आन्तरिक टर्मिनलतर्फ न्यू कन्फेक्सनरी स्टोर, एयरपोर्ट टी कफी एण्ड कन्फेक्सनरी सप, होटेल स्वनिङ (कफी एन्ड कन्फेक्सनरी), पिडी इन्टरप्राइजेज र होटेल स्वनिङ रहेका छन्।
विभागले कुनै पनि वस्तु तथा सेवा खरिद गर्दा त्यस्तो वस्तु तथा सेवाको अधिकतम खुद्रा बिक्री मूल्य, नापतौल तथा उपभोग गर्ने अवधिजस्ता विषयलाई ख्याल गरेर बिज बिजक लिएर मात्रै भुक्तानी गर्न अनुरोध गरेको छ।
अनुगमनका क्रममा ती पसलहरूले यात्रुसँग एमआरपी भन्दा तीन गुणा बढी मूल्य लिएको पाइएपछि कारबाही गरिएको विभागले जनाएको छ ।































