कार्यक्षेत्रको विविधताको व्यवस्थापनका आयाम तथा अवरोधहरु

64.9K
shares
Nabil bank

मानव संसाधन व्यवस्थापन सार्वजनिक प्रशासनको अति महत्वपूर्ण व्यवस्थापकीय आयाम हो । उद्देश्य सहितको कुनै निश्चित कार्य निश्चित विधिपुर्वक सम्पादन गरी अपेक्षित उपलब्धी हासिल गर्न विविध श्रोतको आवश्यकता पर्दछ । यसमध्ये मानवश्रोत एउटा महत्वपूर्ण श्रोत हो । यसलाई मानवशक्ति,श्रमशक्ति, जनशक्ति पनि भन्ने गरिन्छ । मानवशक्ति, श्रमशक्तिले अन्य साधनश्रोतहरु पूजी, प्रविधी, प्रक्रिया, वस्तु र सूचनाको उपयोग र प्रभावकारितामा अभिवृध्दि ल्याउन सक्ने क्षमताले युक्त महत्वपूर्ण श्रोत हो ।मानव शक्ति  संवेदनालेयुक्त श्रोत पनि हो । संवेदना र बौध्दिक क्षमता तथा कुशलताको कारणले मानवस्रोतको व्यवस्थापन महत्वपूर्ण मानिने गर्दछ ।

 

मानव संसाधन व्यवस्थापनले मानिसहरुको शक्ति र क्षमताको उचित व्यवस्थापन गरी अपेक्षित परिणाम निकाल्नमा सहयोग पुर्याउंछ । मानव संसाधन व्यवस्थापनले मानवीय साधनहरुको अद्यावधिक स्थिति र आवश्यकताको योजना , प्राप्ति , उपयोग , विकास , सामयिक संभार , एकाकार, अवकाश ,अवकाश पश्चातको योजना र अवकाश व्यबस्थापन जस्ता समग्र पक्षलाई समेट्दछ । मानव श्रोत व्यवस्थापन यी सवै कार्यहरुको श्रृड.खलावध्द प्राथमिकतामा आधारित विभिन्न क्रियाकलापको संयुक्त स्वरुप हो । यी सवै चरणवध्द श्रृंखलाहरुको विवेकपूर्ण, दिगो र परिणाममूलक व्यवस्थापन कौशलतापूर्ण रणनीतिक व्यवस्थापन  नै संगठनको सफलताको कारक तत्व हो ।

 

जनशक्तिलाई रणनीतिक साधनको रुपमा लिई मानव संसाधन संग सम्बन्धित सवै कार्यहरुवीचमा समन्वयको अपरिहार्यता माग गर्नु मानव संसाधन व्यवस्थापनको अर्को महत्वपूर्ण पक्ष हो । सार्वजनिक प्रशासन र व्यवस्थापनको क्षेत्रमा नियमित प्रयोगमा आउने प्राप्ति देखि अवकाश सम्मका तह प्रचलनमा रहदै आएको मा मानवश्रोत व्यवस्थापनले प्राप्ति पूर्व र अवकाश पश्चातको अवस्थालाई समेत समेट्नु पर्ने मान्यताको विकास भएको छ र यसै मान्यता अनुरुप मानवश्रोत व्यवस्थापनको व्यवहारिक प्रयोग हुदै आईरहेको छ । मानव सभ्यता र समयको विकासक्रम संगै मानव संसाधन व्यवस्थापनको अवधारणामा पनि सामयिक परिवर्तनहरु भएका छन् र यो परिवर्तनले प्रारम्भका दिनमा मानवलाई साधनको रुपमा लिईएको र पछि क्रमशः मानवलाई पूजीको रुपमा लिने चलन वढी मानवीय संवेदनात्मक पक्ष र उत्प्रेरणामा जोड दिने गरेको पाईन्छ । 

 

मानवीय संवेदनात्मक पक्षको सकारात्मक सम्बन्धले मानव शक्तिलाई उत्प्रेरित वनाइ मानव पूंजीमा रुपान्तरण गर्नमा सहयोग गर्दछ । यसका लागि मौद्रिक तथा गैर मौद्रिक उपायहरु प्रयोगमा आउने गर्दछन्  । यसको साथसाथै असल संगठनात्मक व्यवहारको प्रयोगले मानव शक्तिलाई उत्प्रेरित गर्नमा सहयोग गर्दछ ।

 

संगठनमा कार्यरत कर्मचारीहरूको व्यक्तिगत तथा समूहगत क्रियाकलाप नै र संगठनात्मक संगठनात्मक व्यवहार हो।संगठनमा काम गर्दा मानिसले कस्तो व्यवहार देखाउँछन् त्यस्ता व्यवहारहरू देखाउनका कारण त्यस्तो व्यवहारबाट संगठनमा कस्तो प्रभाव पर्दछ भन्ने विषय संगठनात्मक व्यवहारको अध्ययन हो।संगठनमा कार्यरत व्यक्ति, समूह तथा संरचनाले देखाउने संयुक्त व्यवहार नै संगठनात्मक व्यवहार हो ।संगठनमा कार्यरत मानिसमा अन्तरनिहित भावना,संगठनमा प्रवेश गर्दा लिएर आएको दृष्टिकोण विश्वास र व्यवहार संगठनको कार्यसंस्कृति र कार्यव्यवहार ले व्यक्तिको चालचलन व्यवहारमा पर्ने प्रभाव संगठनात्मक व्यवहारका पक्षहरू हुन्।संगठनात्मक व्यवहारको अध्ययनले यी सवै विषयहरूको प्रभावको अध्ययन गरि असल संगठनात्मक संस्कृतिको विकासमा सहयोग पुर्याउंदछ। संगठनात्मक व्यवहारले संगठनमा काम गर्ने व्यक्ति, समूह र संरचनाले कस्तो व्यवहार देखाएको छ र यस्तो व्यवहारको असर कस्तो छ भनेर हेर्छ ।व्यक्ति वा समूहको विभिन्न पक्षको अध्ययन गरी कस्ता काम वा क्रियाकलापबाट व्यक्ति संगठनप्रति उत्प्रेरित हुन्छ भन्ने  विषयमा ध्यान दिने गर्दछ । 

 

संगठनमा काम गर्ने व्यक्ति, समूह र संरचनाले कस्तो व्यवहार देखाएको छ र यस्तो व्यवहारको असर कस्तो छ र यसको व्यवस्थापन कसरी गरिनु पर्दछ भन्ने विषयलाई कार्यशक्तिको विविधताको व्यवस्थापन भन्ने गरिन्छ ।संगठनको व्यवहार निर्धारणमा आन्तरिक पक्षको अतिरिक्त बाह्य पक्षको पनि उपस्थिति रहने गर्दछ । विभिन्न सकारात्मक रचनात्मक सिर्जनशील सरोकारवालाहरुसंग अन्तरक्रिया  गर्न सक्ने उनीहरुको अपेक्षा अनुरुप संगठनको प्रभावकारिता बृध्दि गर्न सक्ने र अन्तत संगठन प्रति अपतत्वबोध गराउन सक्ने व्यवहार निर्माण गर्नु आवश्यक हुन्छ । यसको साथै विभिन्न हित समूह दवाव समूहसंग द्खाउन सक्ने व्यवहारकुशलता तथा गैर व्यावसायिक दवाव आउदा निर्भिक अविचलित र नियमसम्मत कार्यप्रणालीको अवलम्बन गर्न संगठनमा सामूहिक प्रतिबध्दताको आवश्यकता पर्दछ । यो प्रतिबध्दता कमजोर भएमा संगठनात्मक व्यवहार पनि कमजोर हुन्छ । अहिले अधिकांश संगठनहरु यस्ता समस्याहरु झेल्न बाध्य छन् । 

 

कार्यशक्तिको विविधताको व्यवस्थापनको अवधारणाले जनशक्तिहरु वीच समता र सम्मानको अपेक्षा राख्ने गर्दछ । संगठनमा कर्मचारीहरु सहकर्मीहरु संग समूहमा रहेर काम गर्दा कार्यशैली संस्कृति कार्य वातावरण जातीय भाषिक धार्मिक उमेर समूह लैंगिक विविधताहरु रहने गर्दछ । यी विविधताहरु वीच सामन्जस्यता वा अन्तरसम्बन्ध कायम गर्न सकिएमा विविधतायुक्त संगठन विशेषतायुक्त संगठनमा रुपान्तरण हुन सक्दछ । जनशक्तिहरु वीच समता र सम्मानको वातावरणलाई दिगो बनाउन आस्था भावना विचार क्षेत्र लगायतका विभेदहरुले संगठनमा प्रश्रय पाउनु हुदैन ।व्यक्तिको क्षमतालाई विचार वा अन्य गैर पेशागत आयामहरुको कसीमा परख गर्ने परिपाटीले निरन्तरता पाउनु हुदैन ।   सरकार परिवर्तन संगै विना आधार हुने कर्मचारी सरुवा अवसरको उपलब्धतामा हुने विभेद जस्ता पक्षहरुलाई बढावा नदिन संगठनको राजनैतिक नेतृत्व र कर्मचारी संगठनहरु थप संवेदनशील बन्नु आवश्यक हुन्छ ।   व्यवस्थापनको आधुनिक अवधारणाले यी  विविधताहरुलाई विशेषतामा रुपान्तरण गर्नु पर्ने मान्ता राख्दछ । संगठनका यी विविधताको सम्मान र सम्बोधन गर्नु आवश्यक हुन्छ । यसले संगठनलाई सौहार्ध्द सामाजिक संगठनमा रुपान्तरण गर्दै कुशल सांगठनिक संस्कृतिको माध्यमव्दारा लक्ष्य प्रति उन्मुख र जागरुक सगठनको विकासमा सहयोग पुग्दछ ।यसका लागि मानव स्रोत व्यवस्थापनका चरणबध्द श्रृंखलाहरुलाई मानव पूंजी वा प्रतिभा व्यवस्थापनको आयाममा हेरी जनशक्तिलाई संगठनको अमूल्य निधिको रुपमा उपयोग संगठनात्मक व्यवहारको सामयिक प्रयोगवाट मानवीय क्षमता र विशेषताको सम्मान तथा संगठनलाई एउटा आदर्श र सहिष्णु सामाजिक संगठनमा रुपान्तरण गर्नु आवश्यक हुन्छ ।  यो सामयिक आवश्यकता पनि हो ।

(डा.दामोदर रेग्मी कुशल प्रशासक तथा संघीयता विज्ञ हुन्)

 

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x