अब बीमा कम्पनीले पनि विदेशमा शाखा कार्यालय खोल्न पाउने
वि.सं.२०७९ चैत १२ आइतवार
19.8K
shares
shares
काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमकको शाखा कार्यालयसम्बन्धी निर्देशिका, २०७९ जारी गरेसँगै नेपाली बीमकले विदेशमा शाखा विस्तार गर्ने बाटो खुलेको छ । बीमा प्राधिकरणले बिहीवार जारी गरेको गरेको उक्त निर्देशिकाको दफा ११ मा बीमकले प्राधिकरणको पूर्वसहमति लिई विदेशमा आफ्नो शाखा, सम्पर्क वा प्रतिनिधि कार्यालय खोल्न गर्न सक्ने भनिएको छ ।
अब प्राधिकरणले तोकेको शर्त पूरा गरेका बीमकले प्राधिकरणबाट स्वीकृति लिएर अन्य मुलुकमा पनि आफ्नो कार्यालय खोली व्यवासाय विस्तार गर्न पाउने भएका छन् । विदेशमा आफ्नो शाखा, सम्पर्क वा प्रतिनिधि कार्यालय खोल्न बीमकले प्राधिकरणको साथै जुन मुलुकमा त्यस्तो कार्यालय स्थापना गरिने हो सो मुलुकको नियामक निकायले निर्धारण गरेको पूजी कायम गर्नुपर्ने हुन्छ ।आजको आर्थिक अभियान दैनिकबाट
Subscribe
0 Comments
Oldest

































