मलेसिया विरुद्ध नेपालकाे फराकिलो जित

22.7K
shares
Nabil bank

काठमाण्डौ । त्रिकोणात्मक टी २० क्रिकेट श्रृंखलामा नेपालले लिग चरणको अन्तिम खेलमा मलेसियामाथि शानदार जित हात पारेको छ ।

किर्तिपुरस्थित टियु क्रिकेट मैदानमा बिहिबार सम्पन्न राउण्डरोबिन लिगको अन्तिम खेलमा नेपालले मलेसियामाथि ६९ रनको फराकिलो जित निकालेको हो । पहिले ब्याटिङ गरेकाे नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २ सय १७ रनको योगफल तयार पारको थियो ।

नेपालका लागि अलराउण्डर करण केसीले १३ बलमा ७ छक्काको मद्दतमा विष्फोटक ४५ रनको इनिङ्ग खेले । यसबाहेक लयमा रहेका ओपनर आशिफ शेखले ४२ रन बनाए भने कप्तान ज्ञानेन्द« मल्लले ४१ रनको योगदान दिए ।

नेपालका लागि बलिङ्गमा सोमपाल कामी ,कमलसिंह ऐरीर सन्दिप लामिछानले समान तीन तीन विकेट लिए ।

यता मलेसियाले भने श्रृंखलामा खेलेका चार मध्ये तीनमा हार र एकमा बराबरी नतिजा निकाल्दै पुछारमा रह्यो ।अब नेपालले शनिबार हुने फाइनलमा उपाधिका लागि नेदरल्याण्ड्सको सामना गर्नेछ ।

नेदरल्याण्ड्स पनि ४ मध्ये दुईमा जित र एक बराबरी नतिजा निकाल्दै ५ अंकको साथ बुधबार नै फाइनलमा पुगेको हो ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x