बुढीगण्डकी करिडोरमा १३२ केभिए विद्युत् प्रसारण लाइन बन्छ : उर्जामन्त्री बस्नेत
वि.सं.२०७९ चैत २३ बिहीवार
shares
काठमाडौं। गोरखाको बुढीगण्डकी नदिमा बन्ने जलविद्युत आयोजनालाई लक्षित गर्दै उक्त कडिरोडमा १३२ केभीएको विद्युत् प्रसारण लाइन बन्ने भएको छ । विहिवार उर्जा मन्त्री शक्ति बस्नेतलाई त्यस क्षेत्रको समस्या बारे अबगत गराउन पुगेका जलविद्युत लगानी कर्ताहरुको टोलिसंग मन्त्री बस्नेतले बुढीगण्डकी करिडोरमा छिट्टै प्रसारण लाइन निर्माण गरिने प्रतिबद्धता व्यक्त गरे ।
बुढीगण्डकी नदिमा १२०० मेघावार्ड बाहेकको अन्य थुप्रै आयोजना निर्माण हुने चरणमा रहेका छन् । त्यसबाट थप १२०० मेघावाट भन्दा बढि विद्युत उत्पादन हुने बताइएको छ । ती आयोजनाहरू कन्ट्रकसनपावरको समस्याले अन्योलतामा रहेको बेला उक्त्त क्षेत्रमा पिपिए भैसकेका र पिपिए हुने लाईनमा रहेका हाईड्रो ब्यबसायिहरूले मन्त्री बस्नेतसंग छलफल गरि त्यस क्षेत्रमा तत्काल १३२ केभिए प्रसारण लाईनको खाँचो औलाएका थिए ।
गोरखाको उत्तरी भेगमा आयोजनाको लाईसेन्स लिएर बसेका ब्यबसायिहरूले बुढीगण्डकी करिडोर आयोजना संचालकहरूको समुह समेत गठन गरेका छन् ।
मन्त्री बस्नेतसंग आयोजनाका संचालकहरूले बुढीगण्डकी करिडोरमा ट्रान्समिसन लाईनको समस्या हल गर्ने गरि काम भैदिए त्यस क्षेत्रमा तत्काल साना ठुला गरि १०० मेघावार्ड भन्दा बढि हाईड्रोपावरले काम थाल्न सक्ने अबस्था रहेको अबगत गराएको बिकास हाइड्रोका प्रबन्ध निर्देशक कृष्ण घिमिरेले जानकारी दिए ।
उक्त क्षेत्रमा ४.५५ मेघावार्डको हाईड्रो सम्पन्न गरि सकेका युवा व्यबसायि कृष्ण घिमिरे र सरोज धितालसहित अन्य ब्यबसायिहरूले ट्रान्समिसन लाईननै लाईफ लाईन रहेको भन्दै त्यस भुगोलमा मुख्यगरि ट्रान्समिसन लाईन बन्दा उक्त क्षेत्र हाईड्रो पावरको हव बन्ने बताए ।
मन्त्री बस्नेतले गोरखाको उत्तरी भुगोल र बुढीगण्डकी आसपासका क्षेत्र बारे आफु पनि जानाकार रहेको र त्यस क्षेत्रको बिकासमा हाईड्रोपावर निर्माणले महत्वपुर्ण भुमिका खेल्ने बताउँदै माछाखोलालाई नै प्रसारण लाईनको हब निर्माण गर्ने गरि अघि बढ्ने कुरामा आफू लागि पर्ने उल्लेख गरे ।































