सन्दीपको क्रिकेटमा विश्व कीर्तिमान रचे इतिहास

18.9K
shares
Nabil bank

काठमाडौँ ।नेपाली क्रिकेटका चर्चित खेलाडी सन्दीप लामिछाने कम खेलमा नै १०० विकेट लिने विश्वका पहिलो बलर बनेका छन्। नेपाली स्पीनर लामिछानेले एसीसी प्रिमिअर कपको बिहीबार ओमान विरुद्धको खेलमा अदिल शफिक को विकेट लिएसँगै उनले यो उपलब्धि हात पारेका हुन्।

 

लामिछाने एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा १०० विकेट लिने नेपालको पहिलो बलर पनि बनेका छन्। उनले ४२ खेल खेलेर १०० विकेट लिएका हुन् ।

 

 

आजको खेलमा १३औँ ओभरमा क्रिजमा ल्याइएका लामिछानेले आफ्नो ओभरको तेस्रो बलमा नै १३ रन बनाएर खेलिरहेका शफिकलाई एलबीडब्लु आउट गरेका थिए। त्यसपछि समर्थकहरूले ‘बधाई सन्दीप’ लेखेको ब्यानर प्रदर्शन गरेका थिए।

 

सोही ओभरमा लामिछानेले अर्को विकेट पनि लिए। ओभरको अन्तिम बलमा उनले जीसन मक्सुदलाई बोल्ड गरेका थिए। सोही खेलको १५ औँ ओभरमा फेरि उनले पहिलो बलमै अर्को विकेट लिए।

 

आजकै खेलमा तेस्रो विकेट लिँदै २५ रन बनाएर क्रिजमा जमिरहेका कश्यप प्रजापतिलाई लामिछानेले फेरी एलबीडब्लुको सिकार बनाए ।

 

उनले यसअघि अफगानिस्तानका राशिद खानको नाममा रहेको कीर्तिमान तोडेका हुन्। खानले सन् २०१५ मा ४४ खेल खेलेर बनाएको कीर्तिमान ४२ खेलमा नै उनले तोडेका हुन् ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x