एसीसी प्रिमियर कप क्रिकेट,आज नेपाल र साउदी अरेबियाबीच प्रतिस्पर्धा

11K
shares
Nabil bank

काठमाडौं । एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगितामा आज सोमबार घरेलु टोली नेपाल र साउदी अरेबियाबीच प्रतिस्पर्धा हुँदैछ ।

खेल बिहान ९ बजे मुलपानी क्रिकेट मैदानमा हुँदैछ ।

यसअघि भएको खेलमा नेपालले ओमानलाई ८४ रनले हराएको थियो भने साउदी अरेबियाले कतारलाई सात विकेटले हराएकाे थियाे ।

यसैगरी, आजै बिहान ९ बजे हङकङ र बहराइनबीचको खेल कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा हुँदैछ ।

कुल दश टिमको सहभागिता रहेको प्रतियोगिताको समूह ए मा आयोजक नेपाल, ओमान, कतार, मलेसिया र साउदी अरेबिया रहेका छन् भने समूह बी मा बहराइन, कुवेत, सिंगापुर, हङकङ र यूएई रहेका छन् ।

लिग चरणको समाप्तिमा प्रत्येक समूहको शीर्ष दुई स्थानका टिमले सेमिफाइनलको यात्रा तय गर्नेछ । प्रतियोगिताका विजेता टिम एसिया कपका लागि छनोट हुनेछ ।

यस्तै शीर्ष तीन स्थानमा रहने टिम एसिया इमर्जिङपका लागि छनोट हुने एसियन क्रिकेट काउन्सिल (एसीसी)ले जनाएको छ ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x