सके आफै प्रधानमन्त्री नसके चुनाव: केपि ओली

1.6K
shares

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले वैशाख २७मा प्रतिनिधि सभा अधिवेशन आह्वान गरेकी छन्। मन्त्रिपरिषद् बैठकले वैशाख २७ गते संसद अधिवेशन बोलाउन सिफारिस गरेको थियो। माओवादी केन्द्रले संसद्मा प्रधानमन्त्री ओली अल्पमतमा परेको दाबीसहित विश्वासको मत लिनुपर्ने बताउँदै आएको छ।

 

प्रधानमन्त्रीले संविधानको धारा १०० ९१० बमोजिम आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भन्ने स्पष्ट गर्न आवश्यक ठानेकाले धारा ९३ ९१० बमोजिम वैशाख २७ गते सोमबारका दिन अधिवेशन आह्वान गरिएको राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तिमा उल्लेख छ।

 

माओवादी केन्द्रले उनलाई दिएको समर्थन फिर्ता नलिएको अवस्थामा किन विश्वासको मत लिनु पर्‍यो रु यही स्वाभाविक प्रश्न यति बेला सबैतिर उठिराखेको छ । यही नेर पोलिटिक्स भर्सेज ओलिटिक्स देख्न सकिन्छ । उनी सिधा रेखामा राजनीति गर्दैनन । अरूले स्वाभाविक अङ्क गणितमा मेहनत गरिरहँदा ओलीले हिसाब आफ्नै तरिकाले गर्दछन् । अहिले पनि उनले त्यही गरिराखेका छन् ।

 

बालुवाटार निकट श्रोतका अनुसार यति बेला उनका दुई वटा दाउ छन्। विश्वासको मत पाए दुई वर्ष सरकार सञ्चालन गर्ने नपाए मङ्सिर मा मध्यावधि निर्वाचन गर्ने गरी ओलीले विश्वासको मत लिन लागेका हुन्।

civil hospital
Hams Hospitals