Banner ad for NADA AUTO SHOW -2026

पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएसँगै,सार्वजनिक गाडीको भाडा बढ्यो

1.6K
shares

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएसँगै अन्तर प्रदेश सार्वजनिक सवारी साधनको भाडा समेत वृद्धि भएको छ । यातायात व्यवस्था विभागले स्वचालित मूल्य प्रणालीका आधारमा बुधबारदेखि लागू हुने गरी सार्वजनिक सवारीको भाडा वृद्धि गरेको हो ।

 

विभागका अनुसार यात्रुवाहक सवारी साधनको साबिकको भाडामा ४.७० प्रतिशतले वृद्धि गरिएको छ । त्यस्तै, तराईको बाटोमो सञ्चालन हुने मालवाहक सवारीको भाडा सबैभन्दा बढीले अर्थात ६.८३ प्रतिशतले बढेको छ भने पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारी साधनको भाडा ६.१५ प्रतिशतले बढेको विभागले जानकारी गराएको छ । विभागले इन्धनको बजार मूल्य ५ प्रतिशत वा सोभन्दा बढीले बढेमा वा घटेमा अन्तर प्रदेश सार्वजनिक यातायातको भाडा बढ्ने वा घट्ने व्यवस्था गरेको छ । विभागले अभ्यास गर्दै आएको वैज्ञानिक भाडा समायोजन प्रणाली अनुसार स्वचालित रूपमा अन्तर प्रदेश सार्वजनिक यातायातको भाडा बढ्ने वा घट्ने गर्दछ ।

 

सोही व्यवस्था अनुसार भाडा समायोजन गरिएको विभागले जनाएको छ ।

 

नेपाल आयल निगमले मंगलबार अर्थात साउन ३० गते रातिदेखि लागू हुने गरी डिजेलको मूल्य बढाएको छ । निगमले डिजेलको मूल्य प्रतिलिटर १४ रुपैयाँले वृद्धि गर्दै १६५.८३ रुपैयाँ पुर्याएको हो ।

civil hospital
Hams Hospitals