उपासना बनिन् बीमा क्षेत्रको पहिलो महिला सिईओ

1.3K
shares

काठमाडौं । यूनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडको प्रमुख कार्यकारी अधिकृत पदमा आगामी चार वर्षका लागी उपासना पौैडेललाई नियुक्त गरिएको छ । उनी बीमा क्षेत्रको प्रथम महिला प्रमुख कार्यकारी अधिकृत भएकी हुन् । साथै, उनी हाल सम्मकै कम उमेर अर्थात ३४ वर्षको उमेरमा उक्त गरिमामय पदमा बहाल हुन सफल भएकी हुन् ।

 

विगत एक दशक भन्दा बढि कार्यानुभव भएको तथा छिमेकी मुलुक भारतको दिल्ली विश्वविद्यालयबाट एमबिए सम्मको अध्ययन पुरा गनु भएको उनले भारतमा नै बीमा व्यवसयाको क्षेत्रमा प्रवेश गरेकी हुन् ।

उनी यूनाइटेड इन्स्योरेन्स कम्पनीमा निमित्त प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्य गर्दै आएकी थिईन् । उनको कार्य सम्पादन प्रति सन्तुष्ट कम्पनीले उनलाई प्रम्ख कार्यकारी अधिकृत पदमा नियुक्त गरेको कम्पनीले जनाएको छ ।

civil hospital
Hams Hospitals