नेपाली खेलाडीको प्रदर्शन तारिफयोग्य रह्यो
वि.सं.२०८० भदौ १९ मंगलवार
shares
काठमाडौं।एसिया कप २०२३ मा नेपाली क्रिकेट टिमको प्रदर्शनका कारण सम्पूर्ण नेपाली क्रिकेट प्रेमीको मन खुसी भएको छ ।
केही दिनअघि अहिले विश्व वरियतामा १ नम्बरमा रहेको टिम पाकिस्तानसँगको खेलमा होस् या सोमबार विश्वविजेता बनिसकेको टिम भारतसँग किन नहोस्, नेपाली खेलाडीको प्रदर्शन तारिफयोग्य रह्यो ।
सिमित स्रोतसाधनमा रहेर नेपाली झण्डा तथा सम्पूर्ण नेपाली मनलाई विश्वसामु गर्वका साथ नेपाली क्रिकेट टिमले यो अवस्थामा पु¥याएकोमा नेपाल खेलकुद महासंघ नेपाली क्रिकेट टिमलाई हादिर्क बधाई दिन चाहन्छ ।
खेलको गणितीय नतिजा हाम्रो पक्षमा नरहे पनि नेपाली क्रिकेट टिमले नेपालीहरुको मात्र होइन, विश्वभरका क्रिकेट प्रेमीको मन जितेको छ । यसले स्पष्ट पारेको छ– नेपाली क्रिकेटको भविष्य सुन्दर छ ।
नेपालमा खेलकुदका लागि आवश्यक पूर्वाधार, खेलाडीलाई आवश्यक व्यवस्था हुन सकेमा नेपाली खेलकुदले छिट्टै फड्को मार्नेमा कसैको दुईमत नहोला ।
नेपाल खेलकुद महासंघले पटक पटक राज्यले खेलकुदलाई उपेक्षा गरिरहेको भन्दै यसमा समुचित ध्यान दिन सम्बन्धित निकायहरुलाई ध्यानाकर्षण गर्दै आइरहेको छ । आजको परिस्थितिमा पनि हामी नेपाली खेलकुद क्षेत्रको विकासका लागि नीतिगत लबिइङ, नीति निर्माण तथा पूर्वाधार विकासका लागि सम्बन्धित निकायसँग माग गर्दछौँ ।
नेपाल खेलकुद महासंघले सदैव नेपाली खेलकुदको वृहत् विकासका लागि काम गर्नेछ ।
फेरि पनि नेपाली क्रिकेट टिमलाई सुन्दर खेल प्रदर्शन गरेकामा बधाई तथा भविष्यका लागि शुभकामना । नेपाल खेलकुद महासंघ सधैं तपाईंहरुको साथमा छ ।






























