सव-इन्जिनियरको दैनिकीः- एक हातमा प्रमाणपत्र अर्को हातमा घूस

4.6K
shares

काठमाडौं।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस मागेको आरोपमा एक इन्जिनियरलाई नियन्त्रणमा लिएको छ। चन्द्रागिरि नगरपालिका वडा नं. १४ वडा कार्यालयमा कार्यरत असिष्टेन्ट सव-इन्जिनियर विजया लक्ष्मी पन्तलाई भवन निर्माण सम्पन्न भएको प्रमाण पत्र दिने क्रममा सेवाग्राहीसँग घुस मागेको आरोपमा अख्तियारले नियन्त्रणमा लिएको हो।

 

भवन निर्माण सम्पन्न भएको प्रमाणपत्र दिने क्रममा सेवाग्राहीसँग घुस मागेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनलाई आज नियन्त्रणमा लिएको जनाएको छ । आयोगको मुख्यालय टंगालबाट खटिएको टोलीले उनलाई सेवाग्राहीसँग २५ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा सतुङ्गलबाट नियन्त्रणमा लिएको हो ।

civil hospital
Hams Hospitals