उधारो सम्झौता हुन सक्दैन, जुनसुकै जोखिम उठाउन तयार हुनुपर्छ : नेतृ झाँक्री
वि.सं.२०७८ वैशाख २४ शुक्रवार
shares
काठमाडौं । संघीय संसदमा प्रधानमन्त्री केपी शर्मा अोलीले विश्वासको मत लिने दिन नजिकिदै छ।
आफ्नो पक्षमा माहोल बनाउन प्रधानमन्त्री ओलीले बुढानिलकण्ठ गएर काँग्रेस सभापति शेरबहादुर देउवासँग भेटे। देउवाले आफूले विश्वासको मत दिन नसक्ने स्पष्ट पारिसकेका छन्।
प्रधानमन्त्री ओलीले हालकै अवस्थामा विश्वासको मत लिन खोजे आफ्नौ पाटीको माधव नेपाल पक्षले ‘फ्लोर क्रस’ गर्ने निश्चित छ।
फ्लोर क्रस हुन नदिनका लागि प्रधानमन्त्री ओलीले नेपाल पक्षमाथिको कारवाही बरु फुकुवा गर्ने तयारी गरेका खबर सार्वजनिक भएका छन्।
नेपाल पक्षले यसअघि कारवाही फुकुवा हुनुका साथै पार्टी पुरानै अवस्थामा फर्कनुपर्ने अडान लिँदै आएको थिए।
प्रधानमन्त्री ओलीले आफ्नो पद जोगाउन लचक बन्ने संकेत देखाइरहँदा नेपाल पक्षीय नेतृ रामकुमारी झाँक्रीले भने उधारो सम्झौता मान्य नहुने बताएकी छन्।
प्रधानमन्त्री ओलीको नाम नलिई उनले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘राजनीति व्यक्तिगत लेनदेनको मामिला होईन। राजनीतिक विषयमा उधारो संझौता पनि हुनसक्दैन। युद्धमा होमिएका क्रान्तिकारीहरूका निम्ति विजय र मृत्यूको बराबर सम्भावना हुन्छ। जनता, राष्ट्र, संविधान र व्यवस्थाको रक्षाका लागि जुनसुकै जोखिम उठाउन तयार हुनुपर्छ।’
https://m.facebook.com/story.php?story_fbid=10158199328800814&id=101783145813&__tn__=%2As%2As-R




























