नेपाले यूएईलाई दियो २८१ रनको लक्ष्य

10.9K
shares
Nabil bank

काठमाडौं।कप्तान देव खनालको शतकमा नेपाली युवा टोलीले यूएईलाई २८१ रनको लक्ष्य दिएको छ।

 

मलेशियामा जारी एसीसी यू-१९ प्रिमियर कपको फाइनलमा नेपालले आठ विकेटको क्षतिमा ३०० रन बनाएको हो। नेपालका लागि कप्तान खनालले ९२ बलमा १०० रन बनाए। उनले नौ चौका र तीन छक्का प्रहार गरे।

 

त्यस्तै, अर्जुन कुमाल र उत्तम थापा मगरले अर्धशतक प्रहार गरे। प्रारम्भिक ब्याटर खनालले ५५ रन बनाए भने थापा मगरले ५७ रन बनाए। यसैगरी, दीपकप्रसाद डुम्रेले २८, दिपेश कँडेलले १०, हेमन्त धामीले सात र दीपक बोहराले पाँच रन बनाए।

 

यूएईका लागि हरित शेट्टी र आयान अफजल खानले दुई-दुई तथा अम्मर बदामीले एक विकेट लिए।

 

नेपाल र यूएई एशिया कपका लागि छनोट भइसकेका छन्। दुवै टोली प्रिमियर कपको उपाधिका लागि फाइनलमा प्रतिस्पर्धा गरिरहेका छन्।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x