नेपालले जित्यो यू–१९ कपको उपाधि
नेपालले मलेसियामा सम्पन्न एसीसी यू १९ प्रिमियर कपको उपाधि जितेको छ ।
वि.सं.२०८० कात्तिक ७ मंगलवार
shares
Photo By: Dipesh Kandel of Nepal celebrates the wicket of Tomo Rear of Japan during the ACC Men's U19 Premier Cup 2023 1st Semi-Final match between Nepal and Japan held at the Bayuemas Oval, Kuala lumpur, Malaysia on the 21th October 2023.
Photo by: Deepak Malik / Creimas / Asian Cricket Council
RESTRICTED TO EDITORIAL USE
काठमाडाैं । नेपालले मलेसियामा सम्पन्न एसीसी यू १९ प्रिमियर कपको उपाधि जितेको छ । कडा प्रतिस्पर्धामा यूएईलाई हराउँदै नेपालले फाइनलमा जित हासिल गरेको हो ।
टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा २८० रनको बलियो स्कोर खडा गरेको थियो । जवाफी ब्याटिङमा उत्रेको यूएईले २ विकेट क्षतिमा ५२ रन बनाएको अवस्थामा वर्षाका कारण खेल लामो समय अवरुद्ध भयो ।
वर्षा रोकिएपछि डिएल मेथड अनुसार यूएईलाई २७ ओभरमा १९८ रनको परिमार्जित लक्ष्य दिइयो । तर, यूएई १७८ रनमा अलआउट भएको छ । नेपालका अलराउन्डर आकाश त्रिपाठीले महत्त्वपूर्ण चार विकेट लिएपछि यूएई लक्ष्यसम्म पुग्न सकेन । यूएईका ध्रुव परासले आक्रामक ५९ रन बनाउँदै नेपाललाई अत्त्याएका थिए । उनको विकेटसँगै यूएई कमजोर बन्यो ।
यसअघि नेपालका लागि कप्तान देव खनालले शानदार शतक बनाए । उनी ९२ बलमा १०० रन बनाएर आउट भएका थिए । खनालको प्रतियोगितामा यो दोस्रो शतक हो । उनले ओपनर अर्जुन कुमालसँग गरेको शतकीय साझेदारीले नेपाललाई बलियो स्थितिमा पुर्याएको थियो ।






























