भारतले इङ्ल्यान्डलाई २३० रनको लक्ष्य दियो

10K
shares
Nabil bank

नयाँ दिल्ली । भारतमा जारी एक दिवसीय विश्वकपअन्तर्गत अहिले भइरहेको खेलमा घरेलु टोली भारतले इङ्ल्यान्डलाई २३० रनको लक्ष्य दिएको छ ।

 

 

टस हारेपछि ब्याटिङको जिम्मा पाएको भारतले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २२९ रन जोड्यो । भारतको पालीमा कप्तान रोहित शर्माले ८७, सूर्यकुमार यादवले ४९ र केएल राहुलले ३९ रन जोडे ।

 

४० रन जोड्दा ३ विकेट गुमाएको अवस्थामा रोहितले चौथो विकेटका लागि केएल राहुलसँग ९१ रनको साझेदारी गरेका थिए । भारतका सुभमन गिल ९ र श्रेयस अयर ४ रन बनाएर आउट भए भने विराट कोहलीले खातासमेत खोल्न सकेनन् ।

 

इङ्ल्यान्डका डेभिड विल्लीले ३ तथा क्रिस वोक्स र अदिल रसिदले २–२ विकेट लिए ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x