नेपालविरुद्ध ब्याटिङ गरिरहेको सिंगापुरले पहिलो ओभरमै पहिलो विकेट
वि.सं.२०८० कात्तिक १३ सोमवार
8.7K
shares
shares
काठमाडौं।आईसीसी टी-२० विश्वकप क्रिकेट एसिया छनोटअन्तर्गत नेपालविरुद्ध ब्याटिङ गरिरहेको सिंगापुरले पहिलो ओभरमै पहिलो विकेट गुमाएको छ ।
सोमबार बिहान टियू क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको सिंगापुरले खाता नखोल्दै एक विकेट गुमाएको हो । सिंगापुरका अरित्र दत्त शून्यमा आउट भए ।
उनलाई नेपालका करण केसीले आउट गरेका हुन् ।
प्रतियोगिताको पहिलो दिन आज कुल चार खेल हुनेछन् । टियूमा नेपाल र सिंगापुरबीच खेल भइरहँदा मुलपानी क्रिकेट मैदानमा बहराइन र यूएईबीच दोस्रो अर्को खेल भइरहेको छ ।
Subscribe
0 Comments
Oldest






























