दक्षिण अफ्रिकाले न्युजिल्यान्डलाई ३ सय ५८ रनकाे विशाल लक्ष्य

10.2K
shares
Nabil bank

काठमाण्डाै । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाले न्युजिल्यान्डलाई ३ सय ५८ रनकाे विशाल लक्ष्य दिएकाे छ ।

 

पुनेमा टस हारेर ब्याटिङकाे निम्ताे पाएकाे दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ४ विकेट गुमाएर ३ सय ५७ रन बनायाे । दक्षिण अफ्रिकाका क्विन्टन डी कक र रसी भान डेर डुसेनले शतक बनाए । डी कक १ सय १४ र डुसेन १ सय ३३ रन बनाएर आउट भए । यस्तै डेभिड मिलरले ५३ रन जाेडे । बलिङतर्फ न्युजिल्यान्डका टिम साउथीले २ विकेट लिए ।

 

दक्षिण अफ्रिका ६ खेलमा १० अङ्कसहित तालिकाकाे दाेस्राे स्थानमा छ । न्युजिल्यान्ड उति नै खेलमा ८ अङ्कसहित तेस्राे स्थानमा छ ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x