टी-२० विश्वकप:उपाधिका लागि नेपाल र ओमान भिड्दै

आज नेपाललाई ओमानसँग हारको बदला लिँदै उपाधि रक्षा गर्ने मौका पनि हुनेछ ।

1.3K
shares

काठमाडौं । आईसीसी टी-२० विश्वकप एसिया छनोटको उपाधिका लागि आज नेपाल र ओमान भिड्दैछन् ।

 

 

समूह चरणमा ओमानसँग हारेको नेपाल सेमिफाइनलमा युएईलाई हराउँदै टी-२० विश्वकपमा छनोट भएको थियो । ओमान पनि छनोट भइसकेको छ ।

 

आज नेपाललाई ओमानसँग हारको बदला लिँदै उपाधि रक्षा गर्ने मौका पनि हुनेछ ।

 

ओमानले समेत सेमिफाइनलमा बहराईनलाई हराएको थियो ।

 

खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा बिहान ११ बजेबाट सुरु हुनेछ ।

civil hospital
Hams Hospitals