कांग्रेसको संसदीय दलको बैठक आज दिउँसो बस्दै
वि.सं.२०७८ वैशाख २५ शनिवार
1K
shares
shares
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक आज दिउँसो बस्दै छ। दिउँसो २ बजे वानेश्वरमा संघीय संसद भवनको ल्होत्से हलमा बस्ने बैठकमा पछिल्लो राजनीतिक अवस्थाकाे बारेमा छलफल हुने जनाइएको छ ।
त्यस्तै बैशाख २७ गते बस्ने प्रतिनिधिसभाको बैठकका सन्दर्भमा रणनीति बनाउन बैठक बस्न लागेको हो । सोही दिन प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने छन् ।
मंगलबार सभापति शेरबहादुर देउवाको निवासमा बसेको पदाधिकारी बैठकले ओलीलाई विश्वासको मत नदिने र विफल पार्ने निर्णय गरेको थियो।
आजको बैठकमा पार्टी सभापति शेरबहादुर देउवाले पछिल्लो राजनीतिक घट्नाक्रमबारे सांसदहरूलाई जानकारी गराउने छन्।




























