अफगानिस्तानमाथि दक्षिण अफ्रिकाको पाँच विकेटको जित
वि.सं.२०८० कात्तिक २५ शनिवार
12.6K
shares
shares
काठमाडौं । दक्षिण अफ्रिकाले भारतमा जारी आईसीसी एकदिवसीय विश्वकपमा अफगानिस्तानमाथि पाँच विकेटको जित निकालेको छ । यो हारसँगै अफगानिस्तानको सेमिफाइनल पुग्ने सम्भावना समाप्त भएको छ ।
शुक्रबार अहमदाबादस्थित नरेन्द्र मोदी क्रिकेट रंगशालामा अफगानिस्तानले प्रस्तुत गरेको २४५ रनको लक्ष्य दक्षिण अफ्रिकाले ४७.३ ओभरमा पाँच विकेट गुमाएर भेटायो ।
दक्षिण अफ्रिकाको जितमा रासी भान डेर डुसेनले अविजित ७६ रन बनाए । यसैगरी क्विन्टन डी ककले ४१, एन्डिले फेहलुक्वायोले अविजित ३९, एडेन मार्करमले २५, डेविड मिलरले २४ र कप्तान टेम्बा बवुमाले २३ रन बनाए
अफगानिस्तानका लागि मोहम्मद नाबी र राशिद खानले समान दुई विकेट लिए । यस्तै, मुजिब उर रहमानले एक विकेट लिए ।
Subscribe
0 Comments
Oldest






























