मध्य भोटेकोसी जलविद्युतको आइपिओ स्थगित
वि.सं.२०७८ वैशाख २५ शनिवार
shares
मध्य भोटेकोसी जलविद्युत कम्पनीको प्राथमिक सेयर (आइपिओ) खुलेकाे केही दिनमा नै बन्द गरिएको छ ।
बढदाे काेभिड संक्रमण र त्यसले निम्त्याउने खतरालाई मध्यनजर गर्दै आइपिअो बन्द गरिएको बिक्री प्रवन्धक ग्लोबल आइएमई क्यापिटलले जनाएको छ ।
जिल्लाको आयोजना प्रभावित क्षेत्र र जिल्लाबासी सबैका लागि आइपिओ खुलेको थियो ।
‘आजसम्म आइपिओ भर्नेहरुले पछि फेरि भर्नु पर्दैन’ क्यापिटलका एक अधिकारीले भने ‘अवस्था केही मत्थर भएपछि फेरि निष्कासन गर्नेछौं ।’
स्थानीयका लागि आइपिओ बिक्री प्रक्रिया ढिला हुने भएपछि सर्वसाधारणका लागि खुल्न पनि ढिला हुने भएको छ । धितोपत्र बोर्डबाट स्वीकृति पाएको २ महिनाभित्र प्रभावित र सर्वसाधारण सबैका लागि आइपिओ निष्कासन गर्नुपर्ने कानुनी व्यवस्था छ । यदि निषेधाज्ञा लम्बिँदै गएमा यसमा बोर्डले सहजीकरण गर्नुपर्नेमा ती अधिकारीले जोड दिए ।
आयोजना प्रभावित क्षेत्रका स्थानीयबासीका लागि १८ लाख कित्ता र प्रभावित क्षेत्रबाहेक सिन्धुपाल्चोक जिल्लाका अन्य क्षेत्रमा बसोबास गर्ने बासिन्दाको लागि ४२ लाख कित्ता आइपिओ खुलाइएको थियो ।



























