भिल्लाकाे पाेष्टमा युनाइटेडको तिन गाेल

11K
shares
Nabil bank

प्रिमियर लिगको दोस्रो स्थानमा रहेको म्यानचेष्टर युनाइटेडले आइतबार एस्टल भिल्लामाथि ३-१ काे जित निकालेको छ । यस जितले शीर्ष स्थानको म्यानचेष्टर सिटीले उपाधिका लागि थप कुर्नुपर्ने भएको छ ।

 

युनाइटेडले एक गोलले पछि परेको स्थिति उल्टाउँदै १० खेलाडीमा समेटिएको एस्टन भिल्लालाई उसैको मैदानमा ३-१ ले पराजित गरेको हो । युनाइटेडलाई जित दिलाउन ब्रुनो फर्नान्डेस, मासन ग्रीनउड र एडिनसन कभानीले गोल गरे ।

 

५२ औं मिनेटमा युनाइटेडका लागि फर्नान्डेसले पेनाल्टीमा बारबरी गोल फर्काए । ५६ औं मिनेटमा मासोन ग्रीनउडले गोल गरेपछि युनाइटेडले खेलमा अग्रता बनायो ।

 

८९ औं मिनेटमा ओली वाट्कीन्सले दोहोरो पहेँलो कार्ड पाउदै मैदान बाहिरिएपछि एस्टनभिलाले १० खेलाडीमा रहेर खेलको अन्त्य गरेको थियो ।

 

जितपछि युनाइटेडले ३४ खेलबाट ७० अंक जोडेको छ । ३५ खेल खेलेको सिटी ८० अंकसहित शीर्ष स्थानमा छ । यदि सिटीले बाँकी तीनखेलमा पराजित भएमा र युनाइटेडले आफ्नो बाँकी रहेको सबै चार खेल जितेमा युनाइटेडले उपाधि जित्नेछ ।

 

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x