नेको इन्स्योरेन्सले तिर्यो साढे ४ करोड कर

14.8K
shares
Nabil bank

काठमाडौं । नेको इन्स्योरेन्सले सरकारलाई करिब साढे ४ करोड रुपैयाँ बराबरको कर भुक्तानी गरेको छ । सवोच्च अदालतको आदेशपछि कम्पनीले सरकारको निर्णय बमोजिम ४ करोड ४८ लाख १३ हजार ६४७ रुपैयाँ ठूला करदाता कार्यालयमा आयकरको रुपमा भुक्तानी गरेको हो । सरकारले आर्थिक ऐन, २०५० को दफा २६ मा फर्दर पब्लिक अफरिङबाट प्रिमियम मूल्यमा सेयर जारी गरी प्राप्त भएको रकमबाट हिताधिकारीमा बोनस सेयर वितरण गर्दा आयमा समावेश गरी कर लाग्ने व्यवस्था गरेको छ । र, सो कर २०८० मंसिर मसान्तसम्म भुक्तानी गरेमा आयकर ऐन, २०५८ बमोजिम लाग्ने शुल्क तथा ब्याज छुट सुविधा हुने व्यवस्था भएको र सर्वोच्च अदालतको सो सम्बन्धी बैंक तथा बीमा कम्पनीको रिट खारेजीको निर्णयका आधारमा कम्पनीले दाखिला गरेको हो ।

 

इन्स्योरेन्सले विगतका वर्षहरुमा हकप्रद सेयरहरु बोलकबोल प्रक्रिया मार्फत बिक्री गर्दा पाएको प्रमियम रकमबाट बोनस सेयरको रुपमा वितरण गरेको थियो । जसकाकारण आयकर दायित्व भुक्तानी गर्नुपर्ने देखिएको हुँदा कम्पनीले आर्थिक ऐन, २०५० को छुट सुविधा लिई उक्त रकमको कर सरकारलाई भुक्तानी गरेको जानकारी गराएको छ ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x