यी हुन बुधवार उच्च दरमा मूल्य बढ्ने १२ कम्पनीहरु

1.8K
shares

काठमाडौं । बुधवार १२ कम्पनीहरुको शेयरमूल्यमा उच्च बृद्धि भएको छ । यो दिन तीन कम्पनीको शेयरमूल्य १० प्रतिशत र ९ कम्पनीको ९ प्रतिशतभन्दा बढीले शेयरमूल्य बढेको हो । यस दिन नारायणी डेभलपमेण्ट बैंक , बोटलर्स नेपाल तराई र आँखुखोला जलविद्युतको शेयरमूल्य १० प्रतिशतले बढेको छ ।

विशाल बजार कम्पनीको ९ दशमलव ९९ प्रतिशत, रूरू जलविदुतको ९ दशमलव ९७ प्रतिशत, समता घरेलु लघुवित्तको ९ दशमलव ९६ प्रतिशत, खानीखोला हाइड्रोपावरको ९ दशमलव ९४ प्रतिशत, युनियन हाइड्रोपावरको ९ दशमलव ९४ प्रतिशत, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेण्टको ९ दशमलव ७१ प्रतिशत, दिव्यश्वरी हाइड्रोपावरको ९ दशमलव ६८ प्रतिशत, युनिलिभर नेपालको ९ दशमलव ६२ प्रतिशत र जोशी हाइड्रोपावरको ९ दशमलव ५२ प्रतिशत बढेको छ । यी कम्पनीहरुको शेयर खरिद चाप उच्च हुदाँ मूल्यमा पनि उच्च बृद्धि भएको हो ।

civil hospital
Hams Hospitals