पछि हटे देउवा : ओली नै प्रधानमन्त्री
वि.सं.२०७८ वैशाख ३० बिहीवार
1.3K
shares
shares
नेपाली काङ्ग्रेस सभापति शेर बहादुर देउवा प्रधानमन्त्रीको दौडबाट पछि हटेका छन् । बहुमत जुटाउने कार्यमा असफल भए पछि देउवा प्रधानमन्त्रीको दौडबाट पछि हटेका छन् ।
नेकपा एमालेको माधव नेपाल पक्षले राजीनामा पनि नदिने र महन्त ठाकुरले पनि नसघाउने भए पछि देउवाको प्रधानमन्त्री बन्ने सम्भावना तत्काललाई टरेको छ । बहुमतको सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समय राति ९ बजे सकिँदैछ ।


























