पत्रकार पुडासैनीलाई न्याय नदिलाएका चितवनबासी आज आफैं लामिछानेबाट पीडित, अब गर्लान् त विरोध ? 

18.4K
shares
Nabil bank

 

सार्वजनिक पदमा बसेको व्यक्तिमाथि भ्रष्टाचार, घुस वा ठगीसम्बन्धी आरोप लागेमा नैतिकताको आधारमा पदबाट राजीनामा दिनुपर्छ । आफुमाथि लागेको आरोप छानबिन गर्नका लागि बाटो खुलाइदिनुपर्छ । एउटा उदाहरण नै भन्नुपर्दा तत्कालिन सूचना तथा सञ्चार मन्त्री गोकुल बास्कोटालाई ७० करोड भ्रष्टाचार आरोप लाग्यो ।

 

भ्रष्टाचार आरोप लाग्नेबित्तिकै उनले मन्त्री पदबाट राजीनामा दिए । पछि अदालतले उनलाई सफाई दियो । आरोप प्रमाणित भएन । यता, तत्कालिन कानूनमन्त्री शेरबहादुर तामाङले बंगलादेशमा चिकित्सा शास्त्र अध्ययन गर्न गएका विद्यार्थीको बारेमा विवादित अभिव्यक्ति दिनेबित्तिकै पदबाट राजीनामा दिएका थिए ।

 

केही वर्षअघि कृषिमन्त्रीले धान दिवसको दिन धान रोप्ने क्रममा एक महिलालाई अँगालो हालेको अदृश्य विवादित भएपछि उनले पनि पदबाट राजीनामा दिए । त्यस्तै, तत्कालिन सभामुख कृष्णबहादुर महराले पनि आफुमाथि बलात्कारको आरोप लाग्नेबित्तिकै पदबाट राजीनामा दिएका थिए । उनी जेल पनि गए । पछि अदालतले उनलाई सफाई दियो ।

 

महोत्तरीबाट निर्वाचित सांसद लक्ष्मी महतो कोइलीलाई सशस्त्रका असई मारेको आरोप लाग्यो । आरोप लागेकै भरमा तत्कालिन गृहमन्त्री रवि लामिछानेले उनी पक्राउ पूर्जी जारी गराए । त्यसपछि कोइली फरार भए । ०७४ सालको निर्वाचनमा रेशम चौधरीले टिकापुरबाट चुनाव जिते ।

 

०७२ भद्रौ ०७ गते उनलाई दुधे बालकसहित प्रहरी हत्याको आरोप लाग्यो । त्यसपछि उनी सदन नगई सिधैं जेल गए । माओवादीले जनयुद्ध सुरु गरेको थियो । तर, जनयुद्धमा मान्छे मारेको आरोपमा ०६४ सालमा निर्वाचित केही सांसद जेल जानुपप्यो । सार्वजनिक पदमा बसेका धेरै व्यक्तिहरुले आफुमाथि आरोप लाग्नेबित्तिकै राजीनामा दिएको पाइन्छ ।

 

उनीहरुले आफुमाथि छानबिन गरी सत्यतथ्य बाहिर ल्याउन राज्यलाई सहयोग गरेको देखिन्छ । पूर्व गृहमन्त्री बालकृष्ण खाँण नक्कली भुटानी शरणर्थी प्रकरणमा जेल नै गए । अहिले उनी तारिखमा छुटेका छन् । तर, उनी दोषी हुन् कि निर्दोष भनेर त अदालतले फैसला सुनाउन बाँकी नै छ नि ।

 

जहिल्यै पुराना राजनीतिक दलको विरोध गर्ने र अरुलाई नैतिकताको कुरा सिकाउने रास्वपाका सभापति रवि लामिछानेमाथि अहिले सहकारीमार्फत करोडौं बचतकर्ताको रकम हिनामिना गरेको आरोप लागेको छ । के अब उनले नैतिकताको आधारमा सांसद पदबाट राजीनामा दिनुपर्दैन ? हिजो पत्रकार शालिग्राम पुडासैनीको आत्महत्या प्रकरणमा त उनी जसोतसो बचे । आफु कार्यरत टेलिभजनलाई भप्याङ र राजावादी र सोझा जनताको प्रयोग गरेर पुडासैनीको केसमा त उनी सजायको भागिदार हुनबाट जोगिए । तर, अब कसरी जोगिन्छन् ।

 

अहिले त उनले आफुलाई चुनाव जितेका जनताको नै रुवाबासी गराएका छन् । त्यसकारण अब उनी कानूनको नजरबाट धेरै समय बच्न सक्दैंनन् । पत्रकार पुडासैनीले आत्महत्या गर्नुअघि तयार गरेको भिडियो सञ्चारमाध्यमहरुले फेरि पनि सार्वजनिक गर्नुपर्छ ।

 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, गृहमन्त्री नारायणकाजी श्रेष्ठ, नेपाल प्रहरीका आइजीपी बसन्त कुँवर, प्रधानन्यायाधीश विश्वम्वरप्रसाद श्रेष्ठसम्म त्यो भिडियो पुप्याउनुपर्छ । राष्ट्रपति रामचन्द्र पौडेलले चेतन अयडीका हत्यारा योगराज ढकाल रिगललाई संविधान दिवसको दिन मन्त्रिपरिषद्को सिफारिसमा उनको कैद सजाय मिनाहा गरेपछि चेतनकी पूर्वपत्नी भारती माइतीघर मण्डलामा अनशन बसिन् ।

 

पछि अदालतले उनलाई सफाइ दिएपछि उनले अदालतको ढोका ढोगिन् । पत्रकार पुडासैनी गरिब घरपरिवारका थिए । पुडासैनीले आत्महत्या गरेपछि प्रमाण हुँदाहुदैं पनि उनी र उनको परिवारले न्याय पाएनन् । किनकि उनको घरपरिवारलाई न सञ्चारमाध्यमले साथ दियो न आम सर्वसाधारणले ।

 

यता, अदालत र प्रहरी प्रशासन त झन् रवि लामिछानेसँगै बिक्यो । पुडासैनी पनि नेपाली नागरिक थिए । राजनीतिक दललाई भोट दिएका थिए । राष्ट्र र जनताको हितको लागि कलम चलाउदैं आएका थिए । किनकि उनी पनि पत्रकार नै थिए । तर, पत्रकार हुनुअघि उनको जीवनको शाप हुन पुग्यो ।

 

रवि लामिछानेसँगको भेटले उनलाई मृत्युको मुखबाट पुप्यायो । उनलाई पनि त बाँच्न मन थियो होला । उनलाई रविले उनलाई बाँच्नै दिएनन् । आत्महत्याको बाटो रोज्न बाध्य बनाए । प्रहरीले शंकाकै भरमा मानिसलाई समात्छ । र, अदालतमा लगेर म्याद थप गरी अनुसन्धान गर्छ ।

 

अनुसन्धानको क्रममा केही नभेटिएपछि प्रहरीले जबरजस्ती उसलाई कुनै आरोप लगाइदिएर जेल पठाइदिन्छ । कृष्णबहादुर महराले डिल्लीबजार जेलबाट निस्कदा भनेका थिए, ‘९० प्रतिशत निर्दोष व्यक्ति जेलबाट छन् । अब उनीहरुको लगिआवाज उठाउछु, लड्छु ।’ तर, जेलबाट निस्किएपछि उनले यो कुरा बिर्सिए । बुढोपाकाले भन्थे, ‘ठूलोलाई चेन, सानोलाई ऐन ।’ अहिले यो सत्य प्रमाणित भएको छ । पत्रकार पुडासैनीले आत्महत्या गर्नुअघि आफुलाई मर्न बाध्य बनाउने रवि लामिछाने रहेको भनेर प्रमाण छोड्दाछोड्दै पनि चितवन जिल्ला अदालतले लामिछानेलाई सजाय दिनुको साटो तारिखमा छोड्यो ।

 

तारिखमा छुटेपछि प्रहरी प्रशासन, अदालत र पुडासैनीको परिवारलाई चूनौती दिदैं लामिछानेले चितवनमै कार्यक्रम आयोजना गरे । राष्ट्रपतिबाट आममाफी पाएर जेलबाट बाहिरिएका केही व्यक्ति जेलबाट निस्किएको केही दिनमै मान्छे मारेको आरोपमा फेरि पनि जेल गए ।

 

त्यसरी नै अदालतले लामिछानेलाई तारिखमा नछोडी जेल पठाएको भए आज न चितवनका जनताको अर्बो पैसा डुब्यो न त्यो निर्दोष ड्राइभर नै मर्नुपथ्र्यो । न चितवनमा उपनिर्वाचन गराउन जनताको करोडौं कर खर्च नै हुन्थ्यो । अनि यसको जिम्मा कसले लिने ? राजनीतिक पहुँच र पैसाको आडमा अपराधीलाई जेल नपठाई छोडिदिँदा आज एकपछि अर्को काण्ड हुदैंछन् ।

 

मुलुकमा रोजगारी नभएपछि रोजगारीका लागि कोरिया जान पाउँ भन्दै प्रदर्शन गर्दा बालकुमारीमा दुई युवकले प्रहरीको गोलीबाट ज्यान गुमाउनुपप्यो । अस्पतालको स्तरोन्नतीको लागि आन्दोलन गर्दा पनि प्रहरीकै गोलीबाट एक जनाको ज्यान गयो । ०५८ सालमा अमेरिका गएका लामिछाने ०७१ सालमा भिजिट भिसामा नेपाल फर्किएका हुन् ।

 

मुलुकको राजनीतिक परिवर्तनमा उनको कुनै पनि योगदान छैन । मुलुकको राजनीतिक परिवर्तनमा उनी र उनको परिवार अमेरिकामा मोजमस्ती गरिरहेका थिए । पत्रकार पुडासैनीले आत्महत्या गर्नुअघि रेकर्ड गरिएको भिडियो भनिएको छ कि लामिछानेको दुई वटा नागरिकता र पासवोर्ड छ । उनले गैरकानूनी रुपमा अकुंत सम्पत्ति आर्जन गरेका छन् ।

 

विडम्बना, त्यतिबेला पुडासैनीको त्यो भिडियोलाई राजनीतिक पहुँच र पैसाको आडमा गल्त वा झुटो सावित गरियो । तर, पछि दुई वटा नागरिकता भएकै कारण लामिछानेले गृहमन्त्रीसहित सांसद र पार्टीको सभापति पद गुमाउनुपप्यो । अदालतले नै पुडासैनीको त्यो भिडियो सत्य प्रमाणित गरिदियो ।

 

यसबारे फेरि पनि छानबिन गरी सत्यतथ्य बाहिर ल्याउनुपर्छ । पुडासैनी न्याय पाउनैपर्छ । र, रवि लामिछानेजस्तो अपराधी व्यक्तिलाई जेल हाल्नैपर्छ । अधिवक्ता युवराज सफल लामिछानेको दुई वटा नागरिकता रहेको भन्दै अदालतमा मुद्दा हाले ।

 

अदालतले लामिछानेसँग दुई वटा नागरिकता रहेको भन्दै गृहमन्त्री, सांसद र पार्टी सभापति पदबाट उनलाई मुक्त गरायो । आफुले तीन वटै पद गुमाएपछि उनले सञ्चारमाध्यमहरुलाई गाली गर्नु गरे । आफ्नो गल्ती स्वीकार्नुको साटो उनले सञ्चारमाध्यममाथि हिलो छ्याप्ने काम गरे ।

 

के सञ्चारमाध्यमले उनलाई दुई वटा नागरिकता लिनु भनेको थियो ? के पत्रकार पुडासैनीलाई मार्नु भनेको थियो ? नेपालको संविधान नमान्नु भनेको थियो र ? पछि नेपालको संविधान मान्छु भन्दै लामिछानेले सिडियो कार्यालयबाट नागरिकता लिए ।

 

सरकारको तथ्ंयाकले जनता शिक्षित भइसकेको देखाउँछ । तर, चितवनबासी अहिले पनि अशिक्षित र सहीलाई सही र गल्तलाई गल्त भन्न नसक्नृे रहेछन् । रवि लामिछानेजस्तो व्यक्तिलाई फेरि पनि दोहोप्याएर चुनाव जिताए ।

 

अहिले मुलुकभरका जनता गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई सोध्छन्, ‘जनताको पैसा डुबाइदिने रवि लामिछानेलाई कहिले समात्ने ? पुडासैनीले कहिले न्याय पाउने ? अब कित लामिछानेलाई तत्काल समात्नुस् । नत्र पदबाट राजीनामा दिनुस् ।’

 

लामिछानेलाई समात्नेबित्तिकै जीवी राई पनि पक्राउ गर्ने जनता बताउँछन् । सहकारीमन्त्री रन्जिता श्रेष्ठ र सहकारी विभागका महानिर्देशक पिताम्बर घिमिरेले लामिछानेलाई तत्काल पक्राउ गर्न सिआइबीलाई पत्र लेख्नुपर्छ । सभामुख देवराज घिमिरेले लामिछानेलाई सांसद पदबाट निलम्बन गर्नुपर्छ ।

 

लामिछानेलाई कानूनी दायरमा ल्याउन सबै एकजुट हुने कि अझै पनि लामिछानेको सामु प्रहरी प्रशासन, अदालत र सरकार लम्पसार पर्ने । लामिछानेको विरोधमा अब जनता सडकमा उत्र्रिनुपर्छ । र, सञ्चारमाध्यमहरुले पनि उनीहरुको साथदिनुपर्छ।

यो पनि पढ्नुहोस्

पत्रकार पुडासैनीको एकएक शब्द सत्य साबित हुदैं, लामिछानेलाई कानूनी दायरामा ल्याउन सडकमा आउलान् त चितवनबासी ? 

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x