म्याड्रिडकाे जितले एथ्लेटिको लाई थप दबाब

23.8K
shares
Nabil bank

स्पेनिस लिग ला लिगामा रियल म्याड्रिडले ग्रनाडामाथि ४-१ काे जित निकालेको छ ।

याे जित संगै शीर्ष स्थानमा रहेको एथलेटिको म्याड्रिडमाथि दबाब सिर्जना गरेकाे छ । यस जीतसँगै रियलले ३६ खेलबाट ७६ अंक बटुलेको छ । शीर्ष स्थानको एथलेटिकोको समान खेलबाट ७८ अंक छ ।

 

रियलबाट लुका मोडरिक, रोड्रिगो सिल्भा, अल्भारो ओड्रियोजोला र करिम बेन्जामाले एक–एक गोल गरेका थिए । जर्ज मोलिनाले ग्रनाडा​बाट एक गोल फर्काए ।

 

अब रियलले आगामी खेलमा एथलेटिको बिल्वाओको सामना गर्नेछ । त्यसभन्दा अघि शीर्ष स्थानको एथलेटिको म्याड्रिडले आइतबार ओसासुनासँग प्रतिस्पर्धा गर्नेछ । शीर्ष स्थानको एथलेटिकोभन्दा चार अंकले पछि रहेको तेस्रो स्थानको बार्सिलोनाले आइतरबारै सेल्टा भिगोको सामना गर्नेछ ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x