हनी ट्रयाप गरेको आरोपमा ६ महिना कैदको सजाय

1.4K
shares

काठमाडौं । हनी ट्रयाप गरेको आरोप लागेकी एक महिलालाई काठमाडौं जिल्ला अदालतले ६ महिना कैदको सजाय सुनाएको छ ।

 

 

देवी थापा नाम गरेकी महिलालाई ६ महिना कैद, ७ लाख रुपैयाँ बिगो र ५ हजार जरिवानाको सजाय भएको काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी सीपी पन्थीले जानकारी दिए ।

 

आपराधिक लाभ कसुरमा श्यामलाल घिमिरे न्यायाधीशको एकल इजलासले थापालाई दोषी ठहर गरेको हो । यो घटनामा थापा र सुदर्शन थापालाई पनि प्रतिवादी बनाइएको थियो । सुदर्शनलाई ७ दिन कैद, एक हजार रुपैयाँ जरिवाना र २ लाख रुपैयाँ बिगोको सजाय भएको छ ।

 

उनीहरुविरुद्ध आपराधिक लाभमा २१ लाख रुपैयाँ बिगो दाबी गर्दै अभियोगपत्र दायर भएको थियो ।

 

पीडित पुरुषको नजिक भएर ब्ल्याकमेलिङ गरेको भन्दै दुई जनाविरुद्ध आपराधिक लाभको कसुरमा मुद्दा चलेको हो ।

civil hospital
Hams Hospitals