“सिजनकाे अन्त्यमा क्लब छाेड्छु” जिनेदिन जिदान

14.7K
shares
Nabil bank

एजेन्सी। स्पेनिस क्लब रियल म्याड्रिडका मुख्य प्रशिक्षक जिनेदिन जिदानले २०२०/२१ को सिजनको अन्त्यमा क्लब छाड्ने धारण व्यक्त गरेका छन् । उनले क्लबका केहि खेलाडीलाई यस्तो जानकारी दिएका छन् ।

 

जिदानले पद छाड्न लागेको यो दोस्रोपटक हो । यसअघि लगातार तीनपटक च्याम्पियन्स लिग जिताएपछि २०१८ मा पनि उनले म्याड्रिड छाडेका थिए । त्यसपछि पुनः रियलकाे मुख्य प्रशिक्षक समालेका जिदानले यस्तो निर्णय लिएका हुन् ।

 

म्याड्रिडले आइतबार ला–लिगामा एथलेटिक बिलबाओ क्लबको सामना गर्नेछ र २३ मेइमा भिल्लारियालसँग प्रतिस्पर्धा गरेपछि यो सिजन अन्त्य हुनेछ ।

क्लब छोड्नुकाे कारण शारिरिक र मानसिक थकान रहेकाे उनले बताएका छन् ।

 

रियल छाडेलगत्तै जिदान फेरि प्रशिक्षणमा फर्कन्छन् वा फर्कन्नन् भन्ने पनि निश्चित छैन । यस अघि युभेन्टस जाने हल्ला भएपनि उनकाे अबकाे यात्रा कता रहने छ, उनले उल्लेख गरेका छैनन् ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x