सानेपाको यो घरका शंकास्पद अनेकौं साइनो

नेपाल राष्ट्रमाथि घात गर्नेहरूका सप्रमाण नालिबेली

1.9K
shares

काठमाडौं।तस्बिरमा देखिएको यो घर ललितपुरको सानेपामा छ । बिचौलिया दीपक भट्टको इन्फिनिटी होल्डिङ्सलगायत धेरैवटा अपारदर्शी कम्पनी यही घरको ठेगानामा दर्ता छन् । तर, तिनको साझेदार को–को हुन्, कम्पनीले के काम गर्छ ? भन्नेबारे कहीँ–कतै पर्याप्त जानकारी दिइएको छैन ।

 

भट्टले भने आफ्ना अपारदर्शी कारोबारको योजना यही घरमा बुन्ने गरेको पाइएको छ । केही वर्षअघि स्थापित ग्रीन नेपाल डेभलपर्स प्रालिको ठेगानामा पनि यही घर भएको एरिया उल्लेख छ । तर यसबारे कम्पनी रजिष्ट्रारको कार्यालयमा विस्तृत विवरण टिपाइएको छैन । स्थापनाको केही वर्ष शून्य कारोबारमा चलेको उक्त कम्पनीको नामबाट केही समयदेखि करोडौंको लेनदेन हुने गरेको पाइएको छ ।

 

अचम्म त के भने कारोबार ठूलो गर्ने तर खुद नाफा लुकाएर कम्पनी करिब १९ लाख रूपैयाँ घाटामा गएको देखाउने चोर बाटोबाट सरकारी निकायलाई गुमराहमा पारी आफ्नो धन्दा जारी राख्ने उनैको सिको गर्दै रवि लामिछानेले कम्पनी रजिष्ट्रार कार्यालयबाट जिबी राईसँगको बाहिरी लेनदेन टुंग्याएका हुन् । सबैतिरको संरक्षणप्राप्त भट्टका यी र यस्तै भाँडभैलोलाई बेलैमा नियन्त्रण गरिएको भए रवि र जिबीहरू शायद यति निर्लज्जतापूर्वक कानुन तोड्न उद्यत हुने थिएनन् । अचम्म त के भने भट्टले हाकाहाकी यथार्थ विवरण लुकाउँदै घाटामा गएको देखाएको ‘हरितन्नम’ निजी कम्पनीको सेयर करोडौंमा किनबेच भएको छ ।

 

 

रवि लामिछानेले ग्यालेक्सी टेलिभिजनको सेयर किनबेचमा घरायसी कागजबाट काम फत्ते गरेझैँ बिचौलिया भट्ट र जगदम्बा समूहका शंकरलाल अग्रवालबीचको लेनदेन पनि घरायसी कागजमै सीमित छ, भलै त्यो कम्पनी पब्लिक लिमिटेड होइन तर कानुनी प्रक्रियाको निम्ति सेयर किनबेच भनिएको कागजमा कसैलाई पनि साक्षी राखिएको छैन । बरु रविकै सिद्धान्तमा टेकेर भट्टले पनि नोटरी पब्लिक गराएको देखिन्छ । नोटरी कागजातमा सेयर संख्या पूरै फरक छ । यसले सेयर किनबेचको घरायसी कागज नै फर्जी बनेको आशंकालाई बल मिलेको छ ।

कागजमा सेयर खरिदकर्ता अग्रवालको हस्ताक्षर छैन भने पुँजीगत लाभकरबापत साढे २ करोड रूपैयाँ पनि भट्टले सरकारलाई हालसम्म बुझाएको देखिँदैन । स्थापनाको तीन वर्षसम्म कुनै कारोबार नभएको, पछिल्लो दुई वर्ष आम्दानीभन्दा खर्च १९ लाख बढी देखिएको ग्रीन नेपाल डेभलपर्सको शेयर प्रतिकित्ता झण्डै नौ हजार रूपैयाँमा शंकरलाल अग्रवालले किनेको किन देखाइयो ? यसबारे सरकारी निकायहरू मौन छन् ।

 

 

भट्टसँग जोडिएको धेरै वटा कारोबारमा जगदम्बा स्टिल्सका अध्यक्ष शंकरलालको सम्बन्ध अपारदर्शी भएको प्रमाण जनआस्थाले फेला पारेको छ । अग्रवालले आफ्नो कम्पनीको लागि स्वीकृत हिमालयन बैंकको ओभरड्राफ्ट खाताबाट करोडौं रूपैयाँ भट्टलाई दिएका छन् । यसबाट बैंक ऋण दुरूपयोग भएको स्पष्ट हुँदा पनि राष्ट्र बैंकको मौनता रहस्यमय छ ।

 

उता, विवादास्पद रूपमा खोलिएको हिमालयन रिइन्स्योरेन्समा भट्टले गरेको लगानीको स्रोत पनि खुलेको छैन । झण्डै आधा अर्बको शंकास्पद उक्त लगानीमा अग्रवालसमेत जोडिएका छन् । यसैबीच, हिमालयन बैंकमा रहेको पाकिस्तानी हबिब बैंकको १२ प्रतिशत शेयर पनि रवि लामिछाने शैलीमा घरायसी कागजात बनाएर किनबेच गर्न खोजिएको छ ।

 

 

अनेक प्रपञ्च मिलाएर राष्ट्र बैंकसमक्ष पु¥याइएको उक्त फाइल अहिले त्यत्तिकै थन्किएको छ । दीपक भट्टका अधिकांश अदृश्य लगानी र कारोबारमा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टकोसमेत संलग्नता रहेको प्रष्ट छ । सुशील दीपकका सहोदर दाजु हुन् । यससम्बन्धी सम्पूर्ण विवरण र प्रमाण जनआस्थाको आगामी अंकमा क्रमशः प्रकाशित हुँदै जानेछ । जनआस्था

civil hospital
Hams Hospitals