टाेटनह्यामकाे युराेपियन लिग खेल्ने सम्भावना थप बलियो

11K
shares
Nabil bank

आइतबार राति भएको खेलमा टाेटनह्याम हटस्पर्सले वुल्भ्समाथि २–० गोल अन्तरकाे जित निकालेको छ । जितसँगै टाेटनह्यामले युराेपा लिगमा छनाैट हुने सम्भावना बलियो बनाएकाे छ ।

 

स्पर्सलाई जीत दिलाउन ह्यारी केनले खेलको ४५ औँ मिनेटमा गोल गरे । यो सिजन उनको यो २२ औँ गोल थियो । दोस्रो हाफमा पिएरे एमाइल होजबर्गले अर्को गोल थप्दै स्पर्सको तीन अंक सुनिश्चित गरे ।

जीतसँगै स्पर्स लिगको छैटौँ स्थानमा रहेको छ । ३६ खेलबाट वेस्ट ह्यामसँगै समान ५९ अंक भएपनि गोलअन्तरको आधारमा अघि रहेको हो । एक खेल कम खेलेको एभर्टन आठौँ स्थानमा ५६ अंकसहित कायम रहेको छ ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x