नेपाल प्रहरीमा डीएसपीहरुको बढुवा

2.7K
shares

काठमाडौं।लामो समय रोकिएको नेपाल प्रहरीको डीएसपीको बढुवा भएको छ । डीएसपीबाट आठजनाको एसपीमा बढुवा भएको छ । रिक्त आठ दरबन्दीमा बढुवाका लागि १२ जना प्रतिस्पर्धामा थिए ।

 

 

बिहीबार सिंहदरबारस्थित गृह मन्त्रालयमा बसेको बढुवा समितिको बैठकपछि जनपथ प्रहरी समूहका उनीहरुलाई बढुवा सिफारिस गरिएको प्रहरी अतिरिक्त महानिरीक्षक एवम् बढुवा समिति सदस्य सचिव विश्वराज पोखरेलले जानकारी दिए।

 

 

ढकेन्द्र खतिवडा, अंगुर जि.सी., यादव ढकाल, सन्तोष तामाङ, श्याम बाबु ओलिया, निरन्जन दत्त भट्ट, राजन लिम्बु र बिनोद घिमिरेको बढुवा भएको हो ।

civil hospital
Hams Hospitals