राष्ट्रियसभा उपनिर्वाचनको मतगणना सुरु, आजै परिणाम आउने
वि.सं.२०७८ जेठ ६ बिहीवार
shares
काठमाडौं । राष्ट्रियसभाको उपनिर्वाचन अन्तर्गत बागमती प्रदेशमा आज भएको मतदानको मतगणना सुरु भएको छ।
दिउँसो ३ बजेसम्मका लागि तोकिएको मतदान सकिएसँगै मतगणना गरिएको हो।
हेटौँडा उपमहानगरपालिका–४ स्थित भुटनदेवी उच्च माध्यमिक विद्यालयमा भएको मतदानमा ३३८ मत खसेको निर्वाचन आयोगले जनाएको छ।
उपनिर्वाचनमा प्रदेश सभा सदस्य ११० र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख २३८ गरी जम्मा ३४८ जना मतदाता रहेकोमा प्रदेश सभा सदस्यतर्फ १०५ जना र स्थानीय तहतर्फ २३३ जना गरी जम्मा ३३८ जनाले मतदान गरेको निर्वाचन आयोगले जनाएको छ। मतदानमा १० मतदाता अनुपस्थित भए।
आजै साढे ६ बजेसम्म मतपरिणाम आइसक्ने आयोगले जनाएको छ।
उपनिर्वाचनका लागि तीन जनाको उम्मेद्वारी परेको थियो। एमालेका तर्फबाट गृहमन्त्री रामबहादुर थापा ‘बादल’ कांग्रेस-माओवादी र एमाले बरिष्ठ नेता माधवकुमार नेपाल पक्षको समर्थनमा स्वतन्त्र उम्मेद्वार खिमलाल देवकोटा छन्।
त्यस्तै नेमकिपाका कृष्णबहादुर तामाङ उम्मेद्वार बनेका छन्।


























