राष्ट्रपतिले जारी गरिन् एकैदिन २ अध्यादेश
वि.सं.२०७८ जेठ ६ बिहीवार
921
shares
shares
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आज एकैदिन सरकारको सिफारिसमा दुई अध्यादेश जारी गरेकी छन् ।
सपथ सम्बन्धी अध्यादेश,२०७८ र कोभिड १९ संकट व्यवस्थापन सम्बन्धी अध्यादेश २०७८ जारी भएको राष्ट्रपयित कार्यालयले जनाएको छ।
नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम सरकारले अध्यादेश जारी गर्न सिफारिस गरेको हो।
अध्यादेशमा कोभिड संक्रमणका समयमा प्रभावकारी ढंगमा काम अगाडि बढाउने विषय रहेको बताइएको छ।



























