भद्रपुरमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नयाँ शाखा
वि.सं.२०८१ जेठ १० बिहीवार
1.2K
shares
shares
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले झापाको भद्रपुरमा नयाँ शाखा विस्तार गरेको छ । बैंकले भद्रपुर नगरपालिका वडा नं. ५ मा बुधबारदेखि भद्रपुर शाखा सञ्चालनमा ल्याएको हो ।यो शाखा गरी बैंकको शाखा संख्या २७२ पुगेको छ । नयाँ शाखाबाट बुधबारदेखि नै सम्पूर्ण बैंकिङ सेवाहरू सुरु भएको छ ।
बैंकका प्रदेश प्रमुख राजीव गजुरेलले नयाँ शाखाको उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा प्रदेश प्रमुख गजुरेलले नयाँ शाखाबाट ग्राहकहरूलाई उत्कृष्ट बैंकिङ सेवा तथा सुविधाहरू दिने बताए । हाल बैंकको २७२ शाखा कार्यलय, ६४ वटा एक्सटेन्सन काउन्टर, ८८ वटा शाखारहित बैंकिङ र २६५ वटा एटीएममार्फत सेवा दिँदै आएको छ ।






























