स्वतन्त्र प्रेसमाथि सरकारको हस्तक्षेपको विरोध गर्दै नेपालगन्जमा गृहमन्त्रीको पुत्ला दोहन
वि.सं.२०८१ जेठ १० बिहीवार
1.3K
shares
shares
नेपालगन्ज । नेपालगन्जका स्थानीय बासिन्दा, लेखक, पाठक र पत्रकारहरूले स्वतन्त्र प्रेस माथि सरकारको हस्तक्षेपको विरोध गर्दै गृहमन्त्रीको पुत्ला दोहन गरेका छन् ।
नेपालगन्ज मुख्य सहर सदरलाइनमा भेला भएका स्थानीयबासीहरूले सरकार अधिनायकवादतर्फ उन्मुख भएको पछिल्लो उदाहरण कान्तिपुर मिडिया ग्रुपमा अध्यक्ष कैलास सिहोहियको गिरफ्तारीका रूपमा देखिएको भन्दै विरोध गरेका हुन् ।
उनीहरूले लेखन प्रकाशन स्वतन्त्रताको प्रत्याभूति सुनिश्चित गर्न माग समेत गरेका छन् । हात हात प्लेकार्ड लिएका स्थानीय नेताहरूले सरकार मधेसीहरूलाई सुनियोजित रूपमा विभिन्न मुद्दामा फसाउने उद्देश्यका साथ देखा परेको आरोप पनि लगाएका छन्।




























