Nepal Automobile Importers and Manufacturers Association (NAIMA)

एकै पटक ४९ अधिकृतको सरुवा, हेर्नुहोस् को कहाँ पुगे ? 

2.4K
shares

काठमाडौँ । ४९ जना अधिकृतहरूको सरुवा भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संघीय, प्रदेश तथा स्थानीय निकायमा अधिकृतहरूको सरुवा तथा पदस्थापन गरेको हो । 

 

प्रशासन सिंहदरवार विशेष ब्युरोलाई प्राप्त विवरण अनुसार शाखा अधिकृतहरू कृष्ण प्रसाद सापकोटा, निर्मला खनाल दाहाल, उपेन्द्र साह, अनिल कुमार यादव, बद्री प्रसाद अर्याल, विमल कुमार काफ्ले, हरिश्चन्द्र ढकाल, देवेन्द्र राज पाण्डे, लक्ष्मी देवी भुसाल, लक्ष्मी प्रसाद तिम्सिना र रवीन्द्र घिमिरेको गृह मन्त्रालयमा सरुवा गरिएको छ । यसैगरी शिव कुमारी बस्याल, थर्क बहादुर क्षेत्री कुँवर, पर्शुराम दाहाल र पीताम्बर खनालको पनि गृह मन्त्रालय वा अन्तर्गत सरुवा भएको छ ।

 

 

 

त्यस्तै शाखा अधिकृत लक्ष्मण प्रसाद भट्टराई, चेत बहादुर सिंह, प्रकाश रञ्जितकार, रोशन कुमार लुइँटेल, पुष्पराज गुरागाईँ, छत्र बहादुर देवकोटा, मनोज कुमार खनाल, अर्जुन प्रसाद ज्ञवाली, गोवर्द्धन ढकालको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा सरुवा भएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय वा अन्तर्गत सरुवा हुने शाखा अधिकृतहरूमा सूर्यराज पोखरेल, टिका राम अधिकारी, रोमनाथ भुसाल, मञ्जु काफ्ले धिताल, अजय कुमार झा रहेको छ ।

 

शाखा अधिकृत त्रय हरि विनोद चम्लागाँई, तिलक खत्री र द्रोण पौडेलको पनि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय वा अन्तर्गत सरुवा गरिएको विवरण प्रशासन डटकमलाई प्राप्त भएको छ ।

 

मन्त्रालयले शाखा अधिकृत बिणा श्रेष्ठ, नवीन कुमार थापा, बद्रीप्रसाद घिमिरे, अग्नी प्रसाद पराजुली, चेतनाथ न्यौपानेलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय(अतिरिक्त समूह)मा राखेको छ भने ऋषभ देव खनाल, तुलसीप्रसाद उपाध्याय, प्रेम बहादुर रोकाय, राजकुमार गौतम, कल्याण प्रसाद सुवेदी, गुणराज बानियालाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय(अतिरिक्त समूह)मा दरबन्दी राख्दै क्रमशः सान्नी त्रिवेणी गाउँपालिका, कालिकोट, नौमुले गाउँपालिका, दैलेख, पाल्हीनन्दन गाउँपालिका, नवलपरासी, बराहक्षेत्र नगरपालिका, सुनसरी, पाँचखाल नगरपालिका, काभ्रेपलाञ्चोक, छथर गाउँपालिका, तेह्रथुमका कामकाजका लागि खटाएको छ ।

 

त्यस्तै अधिकृतहरू ओम प्रसाद आचार्यलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालय वा अन्तर्गत, राम बहादुर थापालाई जिल्ला समन्वय समिति, बर्दिया, चिन्ता हरि बास्तोला प्रदेश प्रमुखको कार्यालय, बागमती प्रदेश, राजेश कुमार शर्मा जिल्ला समन्वय समिति, महोत्तरी, रमेश पोखरेल र राष्ट्र कुमार के.सी.लाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय वा अन्तर्गत सरुवा गरिएको छ भने शाखा अधिकृत गोविन्दप्रसाद कोइरालाको अवकाश प्राप्तको पत्र बनाउने भनिएको छ ।

 

पछिल्लो समय राजपत्र अनङ्कितदेखि राजपत्राङ्कित विशिष्ट श्रेणीसम्मै सरुवाको बहार छाएको छ । सरुवामा तालमेल नमिल्दा मन्त्रालयमा बहुपक्षीय गोलमाल तथा कलह उत्पन्न हुँदै गरेको देखिएको छ ।

civil hospital
Hams Hospitals