माधव नेपालले किर्ते हस्ताक्षर गरेका आरोप !
वि.सं.२०७८ जेठ ७ शुक्रवार
shares
काठमाडौँ। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री प्रस्ताव गर्दै राष्ट्रपति समक्ष बुझाइएको १४९ सांसदको हस्ताक्षरमा किर्ते गरिएको भन्ने समाचारहरू सार्वजनिक भएका छन्।
एमालेका नेता माधव नेपालले आफूहरूको पुरानो हस्ताक्षर दुरुपयोग गरेको आरोप उनी पक्ष कै नेताहरू सुरेन्द्र पाण्डे, जयकुमार राई, गोकर्ण विष्ट र योगेश भट्टराईले लगाएको भन्ने समाचार केही अनलाइनहरूले ती नेताहरूलाई उद्धृत गर्दै प्रकाशित गरेका छन्। उनीहरूले देउवालाई प्रधानमन्त्री बनाउनका लागि हस्ताक्षर गर्न असहमत जनाएको र आफ्नो पार्टीको संसदीय दलको नेतालाई छोडेर अरूलाई प्रधानमन्त्री बनाउन हस्ताक्षर नगर्ने अडान राखेको बताइएको छ
यो समाचार यस्तो बेला सार्वजनिक गरिएको छ जुन बेला एमालेको माधव नेपाल समूह र जसपा नेपालको उपेन्द्र-बाबुराम समूहको समेत आफूलाई समर्थन रहेको दाबी गर्दै नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली दुवैले राष्ट्रपति समक्ष प्रधानमन्त्री दाबी पेस गरेका छन्।
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पनि देउवालाई प्रधानमन्त्री बनाउनका लागि शीतल निवास पुगेका छन् । नेपाल पक्षका २७ सांसदको हस्ताक्षर देउवाको समर्थनमा रहेको भन्ने समाचार सार्वजनिक भए सँगै त्यसमा किर्ते गरिएको र अन्य प्रयोजनमा अगाडी नै सङ्कलित हस्ताक्षरको दुरुपयोग भएको बताइएको छ।


























