नेपाल राष्ट्र बैंककाअनुसार ६७.३ प्रतिशत जनसंख्याको बैंक तथा वित्तीय संस्थामा खाता

24.7K
shares
Nabil bank

काठमाडौं । नेपाल राष्ट्र बैंककाअनुसार कूल जनसङ्ख्याको ६०.९ प्रतिशत जनसङ्ख्या अझै बैंकिङ पहुँचबाट टाढा अर्थात् अनौपचारिक क्षेत्रमा रमाइरहेको पाइएको छ । नेपाल राष्ट्र बैंक फाइनान्स एसिस् इन नेपाल, २०७८ अध्ययन प्रतिवेदनअनुसार २०७७ असार मसान्तसम्म कम्तीमा एक व्यक्ति एक खाताको आधारमा ६७.३ प्रतिशत जनसङ्ख्याको बैंक तथा वित्तीय संस्थामा (क, ख र ग वर्गमा) खाता रहेको देखाएको थियो ।

 

केन्द्रीय बैंकको २०७६ को संक्षिप्त अध्ययन प्रतिवेदनमा भने नेपालको कुल जनसङ्ख्याको ६०.९ प्रतिशत जनसंख्या औपचारिक वित्तीय सेवामा समावेश भएको देखाएको छ ।पछि नेपाल राष्ट्र बैंकले वि.स.२०७९ मा प्रकाशन गरेको बेसलाइन सर्वे अन फाइनान्सियल लेट्रेसी इन नेपालमा समावेश गरिएको वित्तीय स्थितिमा भने नेपालको कूल जनसङ्ख्याको करिब ८६.६४ प्रतिशतले नियमित बैंकमा बचत तथा लगानीको कारोबार गर्ने गरेको देखाएको छ ।

 

 

यस्तै, ७३.७८ प्रतिशतले भुक्तानी उपकरण, ४६.३४ प्रतिशतले ऋण उपकरण र ३०.०२ प्रतिशतले मात्र बीमा सेवा प्रयोग गरेको पाइएको केन्द्रीय बैंकले जनाएको छ । तथापि, सर्वेक्षणमा ४६.३४ प्रतिशत वयस्क जनसङ्ख्याले कर्जा प्रयोग गरेको पाइएकोमा कूल जनसङ्ख्याको जम्मा १७.६० प्रतिशतले मात्र बैंक कर्जा उपयोग गरेको देखिएको राष्ट्र बैंकले जनाएको छ ।

 

बाँकी ७१.८३ प्रतिशत जनसङ्ख्या भने अझै बैंक तथा वित्तीय संस्थाको कर्जा भन्दा बाहिर अनौपचारिक क्षत्रमा नै निर्भर रहेको देखिएको हो । यसको मतलब अझै पनि ७१ प्रतिशतभन्दा बढी सर्वसाधारणले व्यक्तिसँग नै ऋण लिएर आफ्नो गर्जो टारिरहेका छन् ।वित्तीय समावेशीकरण नीति, २०८१ अनुसार २०८० असार मसान्तसम्म ७५३ वटै स्थानीय तहमा वाणिज्य बैङ्कहरूको शाखा पुगेसँगै बैंक तथा वित्तीय संस्थाको शाखा सञ्जाल ११ हजार ५ सय ८९ पुगेको छ ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x