दक्षिण अफ्रिकाद्वारा नेपाललाई ११६ रनको चुनौती

15.9K
shares
Nabil bank

काठमाडौं । आईसीसी टी-२० विश्वकप अन्तर्गत नेपालकाे तेस्रो खेल जारी छ । वेस्ट इन्डिजमा टस जितेर सुरुमा फिल्डिङ रोजेको नेपाललाई दक्षिण अफ्रिकाले ७ विकेटको क्षतिमा ११६ रनको चुनौती दिएको छ ।

 

 

नेपालका लागि कुशल भुर्तेल एक्लैले चार विकेट लिएका छन् । उनले मात्र १९ रन दिएर चार विकेट हात पारेका हुन् । अर्का अलराउन्डर दीपेन्द्रसिंह ऐरीले तीन विकेट हात पारे । उनले चार ओभर बलिङ गर्दा २१ रन दिए ।

 

दक्षिण अफ्रिकाका लागि रीजा हेन्ड्रिक्सले सर्वाधिक ४३ रन बनाए । ४९ बल खेलेका उनले ५ चौका र १ छक्का प्रहार गरेका हुन् । ट्रिस्टन स्टब्सले नेपालविरुद्ध १८ बल खेल्दै नटआउट २७ रन बनाए । यस्तै कप्तान एडेन मार्करामले १५ रन बनाए।

 

पूरै २० ओभर खेल्दै दक्षिण अफ्रिकाले ७ विकेटको क्षतिमा ११५ रन बनाएको हो । नेपालले केहीबेरमा जवाफी ब्याटिङ गर्दैछ ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x