महान फुटबलर पेलेकी आमाको १०१ वर्षको उमेरमा निधन
वि.सं.२०८१ असार ८ शनिवार
18.4K
shares
shares
काठमाडौँ । महान फुटबलर पेलेकी आमाको १०१ वर्षको उमेरमा निधन भएको छ ।
पेलेको निधन भएको १८ महिनापछि उनकी आमाको निधन भएको हो । पेलेकी आमा सेलेस्ट अरानटेजको १०१ वर्षको उमेरमा शुक्रबार निधन भएको ब्राजिलका मिडियाहरूले उल्लेख गरेका छन् ।
उनी पछिल्लो दुई वर्षदेखि कोमामा रहेकी थिइन् भने उनलाई आफ्ना छोरा पेलेको मृत्यु भएको बारे समेत जानकारी थिएन ।
उनी १७ वर्षको हुँदा १९४० अक्टोबर २३ मा पेलेलाई जन्म दिएकी थिइन् ।
Subscribe
0 Comments
Oldest
































