मृत अवस्थामा फेला
वि.सं.२०८१ असार १४ शुक्रवार
shares
काठमाडौं।ललितपुर, ललितपुर महानगरपालिका-१८ नख्खुस्थित चितवन कोई नेपाल कन्ट्रक्सनमा काम गर्ने चितवन घर भएका ४५ वर्षीय अर्जुन प्रसाद पौडेल कन्ट्रक्सनभित्र रहेको टहरे चियापसलमा बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
गोरखा, सिरानचोक गाउँपालिका-५ एक्लेफाँटमा सोही गाउँपालिका-५ जरेवर बस्ने ३७ वर्षीय राम बहादुर बानियाँ बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
पाँचथर, फाल्गुनन्द गाउँपालिका-७ याङ्सिबुङ बस्ने खेम बहादुर आङ्देम्बेको छोरा १६ वर्षीय टथेन आङ्देम्बे सोही गाउँपालिकाको वडाध्यक्षको घर बाहिर खाटमा बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
यसैगरी पाँचथर, फिदिम नगरपालिका-४ स्थित पाथीभरा भेनियर उद्योग नजिक सडकको नालीमा हाल नाम, थर, वतन नखुलेका पुरूष बिहीबार सडिगलेको अवस्थामा मृत फेला परेका छन् ।
गोरखा, गण्डकी गाउँपालिका-८ घ्याल्चोकस्थित बुढीगण्डकी नदीको किनारमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ६५ वर्षीय पुरूष बिहीबार मृत अवस्थामा फेला परेका छन् ।





























